Sunday, August 17, 2008

प्रचण्डले भने युवराज होइन, सुधीर -विक्ली नेपालबाट जस्ताको त्यस्तै


कान्तिपुर र द काठमाडौं पोस्टका सम्पादक र वरिष्ठ पत्रकारहरूले राजीनामा दिएपछि सम्पादकको खोजीमा रहेका नवनियुक्त अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले साउन २५ गते बिहान रामेश्वर थापाका नाममा ३५ करोड लगानी गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' एवं माओवादी पार्टी नेतृत्वसँग भेटेपछि कान्तिपुर सम्पादकमा सुधीर शर्मालाई नियुक्त गरेका छन्।

त्यसअघि कान्तिपुर सम्पादकमा युवराज घिमिरेलाई ल्याउने निश्चित भएको र उनलाई सिरोहियाले वचनसमेत दिइसकेको बुझिएको छ।
नेपाल साप्ताहिकमा सम्पादक रहेका शर्माले सिरोहिया र प्रचण्डबीच भेट गराएपछि निर्णय परिवर्तन भएको बताइन्छ। साउन २५ गते बिहान ८ बजे प्रचण्ड र सिरोहियाबीच एक घण्टासम्म भएको भेटमा प्रचण्डले कान्तिपुर सम्पादकमा शर्मालाई नियुक्त गर्न दबाब दिँदै यसबापत विभिन्न काम गराइदिने आश्वासन दिएको बुझिएको छ। माओवादी स्रोतका अनुसार प्रचण्डले आफ्नो कट्टर आलोचना गरेको भन्दै घिमिरेको नामै लिएर उनलाई सम्पादक नराख्न दबाब दिएका थिए भने सिरोहियालाई आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले कान्तिपुरलाई फाइदा हुने बताएका थिए।
२५ गते प्रचण्डसँग भेट हुनुअघि सिरोहियाले कान्तिपुर सम्पादकमा युवराज घिमिरे र पोस्ट सम्पादकमा अखिलेश उपाध्यायलाई नियुक्ति गर्ने निश्चित गरेका थिए।
२४ गते राजधानीको एभरेस्ट होटलमा सिरोहिया, घिमिरे र उपाध्यायबीच भएको भेटमा सिरोहियाले दुई सम्पादकलाई 'कन्फर्म' गर्दै बधाईसमेत दिएको स्रोतले बताएको छ। मिटिङ सकिएलगत्तै सिरोहियाले कान्तिपुर निर्देशक तथा पत्नी स्वस्तिका सिरोहियालाई त्यहीँबाट फोन गरेर कान्तिपुर सम्पादकमा युवराज घिमिरे र पोस्ट सम्पादकमा अखिलेश उपाध्यायलाई नियुक्ति गर्न प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। प्रचण्डसँगको एक घण्टा लामो भेटपछि सिरोहियाले घिमिरेलाई फोन गरी निर्णय परिवर्तन गर्न आफू बाध्य भएको बताएको बुझिएको छ।
(Note-मैले अस्ती नै भनेको थिए नि कान्तिपुर सिरोडियाको हातमा जानु हुने थिएन नि भनेर अब कान्तिपुर जस्तो स्थापित पत्रिका मावोबादिको मुख पत्र बने पछी आफ्नो कार्यकाल मा कामरेडले जती नै बिध्वंस मचाये पनि जनताले थाहा नपाउने भए।किनकी आज सम्म कामरेड् अलिकति हच्किने भने कै कान्तिपुरबाट थियो।कामरेडको कथनि र करणिलाइ औलायेर हाकहाकि भन्ने लेख्ने काम कान्तिपुर बाहेक अरुले बिरलै गर्लान।अब हेर्नुस न त्यंहा फोटोमा पनि तिनी दांत उधाउदै छन आफ्नो सब भन्दा बडि खेदो खन्ने संचार मध्यमलाई आफ्नो मुट्ठिमा पारे पछि अब जे गरे पनि आफ्नो बिरोधमा बोल्ने को त भनेर होला सायद् हैन् त?)

Saturday, August 16, 2008

डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला


डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला
लेक बेसी भञ्ज्याङले मेरै प्रीत लाउन्छन् होला
बन पाखा देउरालीले मलाई कुरी बस्छन् होला
साथी सँगी भेट हुँदा मलाई सम्झी रुन्छन् होला

भत्किएछन् पाटीपौवा मेरो बाटो हेर्दा हेर्दै
लोलाएछन वरपिपल मेरै आश गर्दा गर्दै
सुक्दैछन् पंधेरी र पोखरीका मूल पनि
घट्दैछन् धनको आशमा तन्नेरीका हूल पनि

भन्छन् अरे गाह्रो भयो मलामी-जन्ती जान पनि
फल्दैन रे अन्नपात आधा वर्ष खान पनि
डर लाग्छ कहिलेकाहीँ सराप्छकी आफ्नै गाउँले
के खाने हो ? के लाउने हो ? सीमा नाघ्यो भाउले
बाट-ललिता कार्की
साभार-तन्नेरी

Thursday, August 14, 2008

आहा: सधे यस्तै सुन्न पाइयोस


धेरै दिन पस्चात मनलाई ठण्डक पु-याउने २ वटा रमाइलो खबर सुन्नमा आएको छ ।
यकातिर देशको गति दिन प्रति दिन दयनिय बन्दैगैरहेको छ भने अर्कोतिर नेता भनौदाहरु सत्ताकैलुछाचुडिमा लडिबुडी गरिरहेका छन यिनीहरुबाट देश र जनताले तुरुन्तै कुनै राहत अथवा निकास पाउलान भन्ने कुनै आधार देखिइरहेको छैन ।तर खाने मुखलाई जुङांले छेक्दैन भन्ने उखानलाई फेरी चरितार्थ गरिदियका छन बौद्ध जोरपाटी का `जोरपाटी युवा समुह`का युवाहरुले र उदय पुर गाईघाट कि ठकनी खातुन,नजबुल खान लगायत सुन्दर गा बि स का निरक्ष्यर गाउंलेहरुले ।
तपाईं हामीलाई थाहा भएकै कुरा हो बौद्ध जोरपाटी मा गाडीहरुको कस्तो घुइचों रहने गरेको थियो ट्रफिक जामले गर्दा मानिसलाई त्यहाँ हिडन हम्मे पर्द थियो तर त्यहाँको स्थानैय युवाहरुको सक्रियताले गर्दा आज त्यहाँको ट्रफिक जाम ब्यवस्थित हुन पुगेको छ ।त्यहाँका ति जागरुक युवाहरुले आँफै दिनरात खटेर त्यहाँ सुचारु यातायात ब्यवस्था मिलाएका छन ।यात्रुहरुलाई बिस्राम घर, पिउने पानीको ब्यवस्थाको साथै उनिहरुले त्यहाँ नि:सुल्क पार्किङ्ग ब्यवस्था पनि मिलाएका छन । त्यती मात्रै कहाँ हो र यि जागरुक भाइहरुले टोलको फोहोर सबै मिलेर बटुलेर फ्याक्ने गरेका छन जस्ले गर्दा त्यंहा पहिले जस्तो बाटो बाटो मा फोहरको थुप्रो भेटिदैन्।युवाहरुको जोश र जागर देखेर त्याहाका स्थानिये बासिन्दाहरु पनि अहिले दङ परेका छन र ति युवाहरुलाइ उनिहरुको पनि पुरा सहयोग र समर्थन रहदै आएको छ न रहोस पनि कसरी ?त्यस्तो प्रशंसनीय कार्य गरे पछि।यसरी नै देश भरिको युवाहरुले आ-आफ्नो टोल छिमेकलाई स्वच्छ राख्नु ,यातयात सुचारु रुपले चलाउन आफ्नो छेत्रबाट सक्दो सहयोग गरेमा इ नेताहरुले चाहे पनि नचाहे पनि हाम्रो देश एक दिन स्विजरलेण्ड जस्तो अवस्य बन्न सक्ने छ ।
ल है भाइ बहिनी हो तपाईंहरु पनि लाग्ने होइन त आफ्नो टोल सुधार कार्य क्रम मा तर वाइ सि एल र युथ फोर्स जस्तो कुनै नेता या दलको भरौटे नवनी आफ्नो मात्रुभुमिको सच्चां सपुत बनी अगाडि बडनुस है ल नेपाल आमा तपाईं को बाटो पर्खि रहेकी छिन ।
(नोट -अर्को राम्रो काम चाहि तलको पेज माँ हेर्नुष है -)

Wednesday, August 13, 2008

परदेशीको चिट्ठी

आउन त मन थियो नि प्रिया उडेर चरी झै
दु:ख र पिडा बषर्न्छ सधैं असारे झरी झै
सम्झेर ल्याउदा मन मेरो रुन्छ के गरु दुखिले
ब्यथा र पिडा दु:खिले बुझ्ला बुझ्दैनन सुखिले
मनमा त लाग्छ उडौ कि गूडौ त्यो संसार छुनलाई
भाग्यनै रैछ निस्ठुरी मेरो छोडेन रुनलाई
आउन त मन थियो नि प्रिया उडेर चरी झै
सम्झेर तिम्लाई हरपल नयन असारे झरी झै
आमालाई तिम्ले सघाइराख बाबालाई सम्झाइदेउ
साहूको ऋण तिरेर मात्र आउछरे भनिदेउ
गोठमा जादा गाइले सोधे घास दिनु पेट्भरी
तिम्रो र हाम्रो ब्यथा झै बोक्ने धेरै छन देसभरी
त्यसैले प्रिया दु:ख र सुख साटेर जिउने यही हो दुनियाँ
मिलन र बिछोड हांसेर जिउने यही हो दुनियाँ
बाट-प्रदीप, कतार

रक्षा गर पशुपतिनाथ



"म कसरी भनु यो त्यही नेपाल हो
जहा बुद्ध जन्मियेका थिए
जहाँ स्वयम्भुका दुई आँखाले
शान्तिको पाठ बिश्वलाइ सिकाइरहेको छ।"
जहां जुनसुकै बेला हिडदा हिडदैको मान्छेलाइ अपहरण गरिन्छ र गोली हानी हत्या गरिन्छ,सुतिरहेको मान्छेलाई उठायेर लगिन्छ अनि हत्या गरिन्छ।
त्यो बिचरा विद्यार्थी नवीनकुमार यादव ले कस्को के बिगारेको थियो होला कलेज बिदामा आफ्नो घर फर्कि रहेको यौटा साधरण बिद्यार्थी न कुनै नेता त कुनै उध्योगपति,उस्को आमा कति दिन देखि बाटो हेरिरहेकी थिइन होली छोरा घर आउदै छ भनेर्।
नबिनलाइ पनि कति दिन् पछि आंमाको हातले पकायेको मिठो मिठो आज खान पाउछु भन्ने कति रहर थियो होला ।पढेर देशको आफ्नो आमा बाबाको सेवा गर्ने कति इच्छ्या थियो होला ।त्यत्रो बर्षको उस्को आंमा बाबाको लगानी उस्को लगन मेहनत अनी देशले भोली गयेर पाउने यौटा दक्ष्य जनसक्तिलाइ यौटा दुष्टको कुमतिले गर्दा रसातलमा पुर्याइ दियो।कति सस्तो भएको मानिसको जीवन जस्ले पनि जती बेला चाहे जसरि चाहे खतम गर्न सक्छ । पहिले hunting age मा पनि मानिस एती हिस्रक थिएन होला?जङलका जङली जानवरहरुले पनि आक्रमण गर्न अघी एक क्षण त सोच्छ होला आफ्नो बिरादरीको जानवरलाई आक्रमण गर्नु ठीक होला कि नहोला भनेर तर नेपालीहरु आज केहि नसोचि आफ्नो सानो भन्दा सानो स्वार्थ पुर्तिकोलागि,क्षणिक आवेसमा आयेर मानिसलाई मुला काटे सरि काटन अलिकति पनि हिच्किचाउदैनन ।देश कानुन बिहिन बनेको छ ,जनता र देशको बिडा थाम्ने बीड़ा लिएका नेताहरु द्वारा पालित युथ फोर्सहरु द्वारा नै जनता पीडित बनेका छन ।देशमा एकातिर युवाहरु दिपावली गरेर अन्तरराष्ट्रिय युवा दिवश बनाई रहेका छन ,युवा जनप्रतिनिधिलाइ सम्मनित गरी रहेका छन भने अर्कोतिर देशका ठुला दल द्वारा पोशित वाइ सि एल र युथ फोर्स क्यसिनो जस्तो ठाउँमा गएर एक आपसमा मारा मार गरेर समाजलाई अझ त्रसित गर्ने गरी रहेका छन ।एस्तोमा जनताले अब हाम्रो रक्षा गर पशुपतिनाथ भन्न बाहेक अरु उपाए केही होला त ?

Monday, August 11, 2008

सुस्ता बचाऊ अभियान

कांध मा कांध मिलाउ हांत मा हांत मिलाउ हे
"बलभद्रका सन्तान छिर्न न पावोश कुनै साडे
यो फूलबारीमा देश प्रेमको बलियो बार तिमी लगाउ ।"
साच्चै भनेकोसमाचार पडन सुन्नै मन नलागि सकेको थियो आज यौटा मिठो खबर सुन्ने मौका पाइयो र यो मौका दिये भारतीये बिस्तारबाद पिडित सुस्तबासीहरुले।सुस्ता बचांउ अभियान् सुरु गरेका छन् रे हाम्रा नेपाली दाज्यु भाइहरुले।भारतद्वारा पटकपटक सुस्ता अतिक्रमण भएको विरोधमा स्थानीय बासिन्दाले गोपाल गुरुङको अध्यक्ष्यतामा पुनः सुस्ता बचाउ आन्दोलन थाल्ने भएका छन् । करिब १४ हजार नेपाली भूमि भारतले अतिक्रमण गरे पनि राज्य मौन बसेको हुदा 'मौन राज्यलाई ब्युझाउन र राष्ट्रियताको मर्म बुझाउन तथा भारतीय विस्तारवाद समक्ष घुंडा टेक्न नदिन हामीहरूले पुनः आन्दोलन गर्न लागेका हौं `। सुस्ता बचाउ आन्दोलनका अधक्ष्य गुरुङको भनाइ हो यो।र यो आन्दोलनलाइ सुस्तामा मात्र सिमित नराखी देश ब्यापि बनाउने र देशको कुनै पनि भागमा भारतीय हस्तक्ष्यपको बिरुद्धलागि पर्ने सुस्तबासीले आफ्नो कटिब्द्धता जनायेका छन।
देशमा प्रतक्ष्य रुपमा बिदेशिहरुको चलखेल देखिएको बेला सुस्ताबासीको यो देश प्रेमले सम्पूर्ण नेपालीको राष्ट्र प्रेमलाई झक्झकाउनुको साथै हाम्रा नेताहरुलाइ पनि सदबुद्धी दिन सकोस । अस्तु;

Sunday, August 10, 2008

चिरिने छाती त मेरै हो

हरेक रात सपनिमा एउटा अनुहार
पटक पटक मलाई सताउन आउछ ।
पटक पटक मलाई जलाउन आउछ
मेरो लाचारिको अनुभुती दिलाउदै
मेरो नामर्दिपनको उपहास उडाउदै
समुन्द्र भन्दा गहिरो उदास आँखा लिएर
हिमाल भन्दा बिशाल बेदना लिएर
सुर्यको भन्दा तापिश छ त्यो बेदना मा
ज्वालामुखी सल्किएको त्यो क्रन्दनमा
छिया छिया परेका पायलाहरु लिएर
निर्दोष आत्माहरुको रक्ताम्मे हातहरुलिएर
हनुमानले झै छाती चिरी देखाउछिन
आकाशै छिचोच्ले गरी चिच्च्याउछिन्
कहिले गिड बिनाको सिर लिएर
कहिले सिर बिनाको गिड लिएर
लासहरुको थुप्रो माझ रुइरहेकी हुन्छिन
चिच्च्याई चिच्च्याई मलाई सोधी रहन्छिन
काले मरे पनि सेते मरे पनि
माले मरे पनि झाले मरे पनि
मदेशि मरे पनि पाहाडे मरे पनि
चिरिने छाती त मेरै हो
भन आमा हुनु मेरो के भुल भो ?
डर लाग्छ तर पनि नियाली हेर्छु,
चेतनसङ अबचेतनले सोधी हेर्छु
आँखाबाट अबिरल आंसु मेरो झर्दछ
मेरो नेपाल आमा तिनी
भनि जब म चिन्दछु
मेरो नेपाल आमा तिनी
भनि जब म चिन्दछु
{नोट -छुट्टी मा घर गएको विद्यार्थी नवीनकुमार यादवको गोलि हानि हत्या भयेको समाचार सुनेर हिजो नेपाली छोराको बिभत्स लास थाम्न नसकि बेदनाले छट्टपट्टियेकि नेपाल आमा को याद आयो,यादवको लास देखेर बेदनाको प्रतिमूर्ति बनेकि यादवको आंमाको याद आयो र ती २ लाचार आंमालाइ समर्पण यो कबिता}

Saturday, August 9, 2008

सौतेनी आंमा (अंक -६ )

अरु बेला जस्तै त्यो दिन पनि आमा टिफिन लियेर आउनु हुनेछ भन्ने ठानेको थिये मैले।आंमा आउनुहुंदा एकछिन लुकेर सतांउछु आंमालाई,बिहान किन मलाई नउठाउनु भयेको? भनि एकछिन दङ्याउछु अनि आंमाले मलाई फकाउन धेरै धेरै माया गर्नु हुनेछ त्यसपछि मात्र म खाना खान्छु आदी इत्यादी सोचेर त्यो दिन पडाइमा ध्यान पनि दिन सकिन मैले ।टिफिनको घण्टी बज्न नपाई सबैलाइ उछिनेर दौडिए म टिफिन कोठातिर ।तर त्यो दिन न मैले लुक्न पाये न आमांलाइ दङयाउन नै पाए ।त्यो दिन म भन्दा पनि छिटो टिफिन रुममा मेरो टिफिनले मलाई कुरी रहेको थियो मेरो आशाहरुमा तुषारापात गर्दै ।टिफिन डब्बा त्यही थियो,टिफिन कोठा त्यही थियो,टिफिन खाने मान्छे म त्यही तर मेरो लागि टिफिन लिएर आउने हात नयाँ थियो न त्यो हात मेरो आंमाको थियो ,न कान्छी दिदीको,त्यो हात त मेरो सौतेनी आमाको थियो । जिन्दगीमा पहिलो पल्ट मेरो बुवा श्री टिफिन समयमा मलाई भेटन आउनु भएको थियो एउटा नयाँ हातमा मेरो टिफिन बोकाएर ।त्यो हातले पहिलो पल्ट टिफिन बोकेर आएकोले नयाँ हात भनेकी हुं मैले तर त्यो अनुहार चाँही मेरो लागि नयाँ थिएन होस् पनि कसरी त्यो अनुहार मानिषी आन्टिको थियो ।आंमाको आफ्नै कान्छी बहिनीको ।
`सरप्राइज` आफ्नो चिरपरिचित मुस्कान लिएर मनु आन्टिले मलाई आफ्नो अङालोमा लिने कोशीस गर्नु भयो ।अरु बेला भए म आँफै तिन्को घांटिमा झुण्डिएर हाउ स्विट मनि आन्टी भन्दै आफ्नो आस्चर्यमिश्रीत खुशी ब्यक्त गर्ने थिए होला तर त्यसबेला आंमाको सट्टा तिनलाई देखेर तिन्को आकस्मिक उपस्थितिमा न आस्चर्य न हर्ष को अनुभुती भयो मलाई ,तिन्को हात हटाएर,
`आमाको खै किन न आउनु भएको आज ?` बुवातिर फर्कियेर चिच्याये म।
`रागिनी यो कस्तो असभ्यता हो` बुवाले झण्डै हात उठाउनु भयेको त्यो दिन म माथि बुवा हतपत्ति रिसाउनु हुन्नथियो मसङ।
नानुको सट्टा रागिनी भनेर बोलाउनु भये पछि मैले बुझि हाले बुवा सारै रिसाउनु भयेको छ अहिले।म खुम्चियेर मनि आन्टिसङ् टासिन् पुगे।
`व्हाट्स दिस रघु दिस इज नट युओर हाउज?चारैतिरबाट बच्चाहरु हेरी रा छन कुल डाउन आई टक विथ बेबी `मनु आन्टी ले बेङ्लोरको कुनै ईंग्लिश स्कुलबाट डिप्लोमा गर्नु भएको थियो त्यसैले बोल्दा खेरी बेला बेलामा अंग्रेजी मिश्रीत नेपाली बोल्नु हुन्थियो ।
`तिमी जौ मधुको पेपर बन्यो बनेन बुझदै`गर म एकछिन पछि उत्तै आउछु ।`ओके`आग्याकारी बालक झै आन्टि को कुरामा सिर निहुरायेर टिफिन रूमबाट बाहिर निस्किनु भयो बुवा।
सधै बुवालाइ भेना ज्यु भनेर सम्बोधन गर्ने तपाईं हजुर भनेर कुरा गर्ने आन्टिको त्यो दिनको तालै अर्कै थियो ठाडै आमाले झै नाम लिएर ,तिमी भनेर सम्बोधन गर्दै हुनुहुन्थियो तर मेरो पुरा ध्यान आंमा तिर भएको कारणले गर्दा त्यो कुराको नोटिस नै लिइन त्यसबेला मैले ।
`रागी `हजुर बुवा बिमारी भएकोले आंमालाई अकस्मात पोखरा जान पर्‍यो आज तिमीलाइ ट्फिन लिएर आउनु सक्नु भएन तिमी ज्ञानी छौ भनेको बुझछौ भनेर आंमाले मलाई पठाउनु भएको`, बि अ गुड गर्ल छिटो छिटो टिफिन खांउ क्लास सुरु हुने बेला भैसक्यो `आफ्नो ब्यागबाट अत्तरयुक्त रुमाल निकालेर मेरो आंसु पुच्छनु भयो आन्टिले अनि आफ्नै हातले जबरजस्ति टिफिन खुवायेर फर्किनु भयो ।त्यसबेला के थाहा मलाई कि मायाले मेरो आंसू पूछने त्यो हात मेरो आमाको जीवन लाई आंसू को सागरमा डुबाउन लागिरहेको छ भनेर ।
`कान्छि दिदी अस्तिनै त हजुर बुवा बिमारी हुनु हुँदा आंमाले हामीलाई सङै लिएर जानु भएको थियो यस पाली आंमाले हामीलाई किन नलिई जानु भएको`?स्कूलबाट आउने बित्तिकै एउटै प्रश्न गरेका थियौ किसन दाई र मैले कान्छी दिदीसँग।
`अस्ती नै त तिमीहरुको जांच सकिसकेको थियो राम्ररी पढाइ सुरु भएकै थिएन र पो लानु भएको थियो ,अब अर्को महिना देखि रागीको जांच छ,किसनको पनि टेस्ट सुरु हुने बेला भैसक्यो म यसपालि सङै लान्न तिनिहरुलाई` भन्दै हुनुहुन्थियो,जांच आउने बेलामा आंमाले तिमीहरुलाई सङ् सङै लियेर हिडदा तिमीहरुको पढाइ बिग्रिदैन?
कान्छी दिदीले उल्टै प्रश्न गर्नु भयो हामीसँग । यसो सोच्दा हुनु पनि हो हाम्रो जांच त आइसकेको थियो।
`भाइलाइ त लियेर जानु भयो त भाइको चाही पढाई बिगृदैन`?यस्तै केही भन्न लागेकी थिये म ।
`कान्छी ये कान्छी एक प्याला तातो चिया पिलाउन `भन्दै मनी आण्टी बैठकमा छिर्नु भयो,साथमा हात भरी सपिङ झोला बोकेको बुवा पनि हुनुहुन्थियो ।कान्छी दिदी लाइ बुवा बाहेक कसैले पनि तिमी भनी सम्बोधन गर्दैन थियो हाम्रो घरमा ।आंमा पनि तपाई नै भनेर सम्बोधन गर्नु हुन्थियो र कान्छी मात्र भनेर त बुवाले पनि कहिले बोलाउनु भयेन कान्छी दिदीलाइ त्यसैले होला कान्छी दिदी `हुन्छ` पनि नभनी अध्यारो मुख लगायेर चुप चाप भान्छा तिर लाग्नु भयो ।
`हन के भयो यो कान्छीलाई? बोल्दा पनि नबोली घोसे मुन्टो लायेर हिडिन त्यसैले भनेको दिदीलाइ नोकरलाइ नोकरको ठांउमा राख्नु पर्छ नत्र टाउकोमा ........आ
`कान्छी दिदी नोकर होइन`आन्टिको कुरा पुरा हुन नपाई बिच मै काटी दिनु भयो दाईले ।बुवाको आमा सानैमा बित्नु भएकोले सानै देखि कान्छी दिदीको आमाले आफ्नो दुध खुवायेर हुर्काउनु भयेको बुवालाइ, काम गर्ने भए पनि दुधको साईनो छ बुवासङ कान्छी दिदीको,तिमीहरुले कान्छी दिदीलाइ आफ्नो फुफूलाइ जस्तो मान गर्नु पर्छ भनेर आंमाले सम्झाउनु भएको थियो हामीलाई। हामीले सधैं कान्छी दिदी र कान्छी दिदीको दुल्हालाई घरमा घरको सदस्यकै रुपमा देख्दै आएको थियौ ।
`अबुइ सन घरमा काम गर्ने मान्छे नोकर नभै मालिकहुन्छ त?हात नचांउदै आण्टी किसन दाईतिर जाई लाग्नु भयो।
`बस मानिषी केटा केटीसङ बहस गर्ने होइन,तिमीलाई पहिले पहिले यहाँ आउँदा पनि मैले र मन्दिराले कान्छी दि को हैसियत हाम्रो घरमा नोकरको नभयेर घरको सदस्यको छ भनेर कतिपल्ट सम्झाएका छौ आज फेरी त्यही कुरामा बच्चाहरुसङ बहस गर्न आवस्यक छैन `
बुवाले बिचमै त्यो बहसलाई टुङाइ दिनु भयो त्यो दिना।तर त्यस बेला कान्छी दिदी मनु आन्टी र किसन दाईको बिचमा जन्मिन गयेको तिक्तताले पछि गएर बट बृक्ष्यको रुप लिन पुग्यो ।