Monday, August 11, 2008

सुस्ता बचाऊ अभियान

कांध मा कांध मिलाउ हांत मा हांत मिलाउ हे
"बलभद्रका सन्तान छिर्न न पावोश कुनै साडे
यो फूलबारीमा देश प्रेमको बलियो बार तिमी लगाउ ।"
साच्चै भनेकोसमाचार पडन सुन्नै मन नलागि सकेको थियो आज यौटा मिठो खबर सुन्ने मौका पाइयो र यो मौका दिये भारतीये बिस्तारबाद पिडित सुस्तबासीहरुले।सुस्ता बचांउ अभियान् सुरु गरेका छन् रे हाम्रा नेपाली दाज्यु भाइहरुले।भारतद्वारा पटकपटक सुस्ता अतिक्रमण भएको विरोधमा स्थानीय बासिन्दाले गोपाल गुरुङको अध्यक्ष्यतामा पुनः सुस्ता बचाउ आन्दोलन थाल्ने भएका छन् । करिब १४ हजार नेपाली भूमि भारतले अतिक्रमण गरे पनि राज्य मौन बसेको हुदा 'मौन राज्यलाई ब्युझाउन र राष्ट्रियताको मर्म बुझाउन तथा भारतीय विस्तारवाद समक्ष घुंडा टेक्न नदिन हामीहरूले पुनः आन्दोलन गर्न लागेका हौं `। सुस्ता बचाउ आन्दोलनका अधक्ष्य गुरुङको भनाइ हो यो।र यो आन्दोलनलाइ सुस्तामा मात्र सिमित नराखी देश ब्यापि बनाउने र देशको कुनै पनि भागमा भारतीय हस्तक्ष्यपको बिरुद्धलागि पर्ने सुस्तबासीले आफ्नो कटिब्द्धता जनायेका छन।
देशमा प्रतक्ष्य रुपमा बिदेशिहरुको चलखेल देखिएको बेला सुस्ताबासीको यो देश प्रेमले सम्पूर्ण नेपालीको राष्ट्र प्रेमलाई झक्झकाउनुको साथै हाम्रा नेताहरुलाइ पनि सदबुद्धी दिन सकोस । अस्तु;

No comments: