हरेक रात सपनिमा एउटा अनुहार
पटक पटक मलाई सताउन आउछ ।
पटक पटक मलाई जलाउन आउछ
मेरो लाचारिको अनुभुती दिलाउदै
मेरो नामर्दिपनको उपहास उडाउदै
समुन्द्र भन्दा गहिरो उदास आँखा लिएर
हिमाल भन्दा बिशाल बेदना लिएर
सुर्यको भन्दा तापिश छ त्यो बेदना मा
ज्वालामुखी सल्किएको त्यो क्रन्दनमा
छिया छिया परेका पायलाहरु लिएर
निर्दोष आत्माहरुको रक्ताम्मे हातहरुलिएर
हनुमानले झै छाती चिरी देखाउछिन
आकाशै छिचोच्ले गरी चिच्च्याउछिन्
कहिले गिड बिनाको सिर लिएर
कहिले सिर बिनाको गिड लिएर
लासहरुको थुप्रो माझ रुइरहेकी हुन्छिन
चिच्च्याई चिच्च्याई मलाई सोधी रहन्छिन
काले मरे पनि सेते मरे पनि
माले मरे पनि झाले मरे पनि
मदेशि मरे पनि पाहाडे मरे पनि
चिरिने छाती त मेरै हो
भन आमा हुनु मेरो के भुल भो ?
डर लाग्छ तर पनि नियाली हेर्छु,
चेतनसङ अबचेतनले सोधी हेर्छु
आँखाबाट अबिरल आंसु मेरो झर्दछ
मेरो नेपाल आमा तिनी
भनि जब म चिन्दछु
मेरो नेपाल आमा तिनी
भनि जब म चिन्दछु
{नोट -छुट्टी मा घर गएको विद्यार्थी नवीनकुमार यादवको गोलि हानि हत्या भयेको समाचार सुनेर हिजो नेपाली छोराको बिभत्स लास थाम्न नसकि बेदनाले छट्टपट्टियेकि नेपाल आमा को याद आयो,यादवको लास देखेर बेदनाको प्रतिमूर्ति बनेकि यादवको आंमाको याद आयो र ती २ लाचार आंमालाइ समर्पण यो कबिता}
Sunday, August 10, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment