अरु बेला जस्तै त्यो दिन पनि आमा टिफिन लियेर आउनु हुनेछ भन्ने ठानेको थिये मैले।आंमा आउनुहुंदा एकछिन लुकेर सतांउछु आंमालाई,बिहान किन मलाई नउठाउनु भयेको? भनि एकछिन दङ्याउछु अनि आंमाले मलाई फकाउन धेरै धेरै माया गर्नु हुनेछ त्यसपछि मात्र म खाना खान्छु आदी इत्यादी सोचेर त्यो दिन पडाइमा ध्यान पनि दिन सकिन मैले ।टिफिनको घण्टी बज्न नपाई सबैलाइ उछिनेर दौडिए म टिफिन कोठातिर ।तर त्यो दिन न मैले लुक्न पाये न आमांलाइ दङयाउन नै पाए ।त्यो दिन म भन्दा पनि छिटो टिफिन रुममा मेरो टिफिनले मलाई कुरी रहेको थियो मेरो आशाहरुमा तुषारापात गर्दै ।टिफिन डब्बा त्यही थियो,टिफिन कोठा त्यही थियो,टिफिन खाने मान्छे म त्यही तर मेरो लागि टिफिन लिएर आउने हात नयाँ थियो न त्यो हात मेरो आंमाको थियो ,न कान्छी दिदीको,त्यो हात त मेरो सौतेनी आमाको थियो । जिन्दगीमा पहिलो पल्ट मेरो बुवा श्री टिफिन समयमा मलाई भेटन आउनु भएको थियो एउटा नयाँ हातमा मेरो टिफिन बोकाएर ।त्यो हातले पहिलो पल्ट टिफिन बोकेर आएकोले नयाँ हात भनेकी हुं मैले तर त्यो अनुहार चाँही मेरो लागि नयाँ थिएन होस् पनि कसरी त्यो अनुहार मानिषी आन्टिको थियो ।आंमाको आफ्नै कान्छी बहिनीको ।
`सरप्राइज` आफ्नो चिरपरिचित मुस्कान लिएर मनु आन्टिले मलाई आफ्नो अङालोमा लिने कोशीस गर्नु भयो ।अरु बेला भए म आँफै तिन्को घांटिमा झुण्डिएर हाउ स्विट मनि आन्टी भन्दै आफ्नो आस्चर्यमिश्रीत खुशी ब्यक्त गर्ने थिए होला तर त्यसबेला आंमाको सट्टा तिनलाई देखेर तिन्को आकस्मिक उपस्थितिमा न आस्चर्य न हर्ष को अनुभुती भयो मलाई ,तिन्को हात हटाएर,
`आमाको खै किन न आउनु भएको आज ?` बुवातिर फर्कियेर चिच्याये म।
`रागिनी यो कस्तो असभ्यता हो` बुवाले झण्डै हात उठाउनु भयेको त्यो दिन म माथि बुवा हतपत्ति रिसाउनु हुन्नथियो मसङ।
नानुको सट्टा रागिनी भनेर बोलाउनु भये पछि मैले बुझि हाले बुवा सारै रिसाउनु भयेको छ अहिले।म खुम्चियेर मनि आन्टिसङ् टासिन् पुगे।
`व्हाट्स दिस रघु दिस इज नट युओर हाउज?चारैतिरबाट बच्चाहरु हेरी रा छन कुल डाउन आई टक विथ बेबी `मनु आन्टी ले बेङ्लोरको कुनै ईंग्लिश स्कुलबाट डिप्लोमा गर्नु भएको थियो त्यसैले बोल्दा खेरी बेला बेलामा अंग्रेजी मिश्रीत नेपाली बोल्नु हुन्थियो ।
`तिमी जौ मधुको पेपर बन्यो बनेन बुझदै`गर म एकछिन पछि उत्तै आउछु ।`ओके`आग्याकारी बालक झै आन्टि को कुरामा सिर निहुरायेर टिफिन रूमबाट बाहिर निस्किनु भयो बुवा।
सधै बुवालाइ भेना ज्यु भनेर सम्बोधन गर्ने तपाईं हजुर भनेर कुरा गर्ने आन्टिको त्यो दिनको तालै अर्कै थियो ठाडै आमाले झै नाम लिएर ,तिमी भनेर सम्बोधन गर्दै हुनुहुन्थियो तर मेरो पुरा ध्यान आंमा तिर भएको कारणले गर्दा त्यो कुराको नोटिस नै लिइन त्यसबेला मैले ।
`रागी `हजुर बुवा बिमारी भएकोले आंमालाई अकस्मात पोखरा जान पर्यो आज तिमीलाइ ट्फिन लिएर आउनु सक्नु भएन तिमी ज्ञानी छौ भनेको बुझछौ भनेर आंमाले मलाई पठाउनु भएको`, बि अ गुड गर्ल छिटो छिटो टिफिन खांउ क्लास सुरु हुने बेला भैसक्यो `आफ्नो ब्यागबाट अत्तरयुक्त रुमाल निकालेर मेरो आंसु पुच्छनु भयो आन्टिले अनि आफ्नै हातले जबरजस्ति टिफिन खुवायेर फर्किनु भयो ।त्यसबेला के थाहा मलाई कि मायाले मेरो आंसू पूछने त्यो हात मेरो आमाको जीवन लाई आंसू को सागरमा डुबाउन लागिरहेको छ भनेर ।
`कान्छि दिदी अस्तिनै त हजुर बुवा बिमारी हुनु हुँदा आंमाले हामीलाई सङै लिएर जानु भएको थियो यस पाली आंमाले हामीलाई किन नलिई जानु भएको`?स्कूलबाट आउने बित्तिकै एउटै प्रश्न गरेका थियौ किसन दाई र मैले कान्छी दिदीसँग।
`अस्ती नै त तिमीहरुको जांच सकिसकेको थियो राम्ररी पढाइ सुरु भएकै थिएन र पो लानु भएको थियो ,अब अर्को महिना देखि रागीको जांच छ,किसनको पनि टेस्ट सुरु हुने बेला भैसक्यो म यसपालि सङै लान्न तिनिहरुलाई` भन्दै हुनुहुन्थियो,जांच आउने बेलामा आंमाले तिमीहरुलाई सङ् सङै लियेर हिडदा तिमीहरुको पढाइ बिग्रिदैन?
कान्छी दिदीले उल्टै प्रश्न गर्नु भयो हामीसँग । यसो सोच्दा हुनु पनि हो हाम्रो जांच त आइसकेको थियो।
`भाइलाइ त लियेर जानु भयो त भाइको चाही पढाई बिगृदैन`?यस्तै केही भन्न लागेकी थिये म ।
`कान्छी ये कान्छी एक प्याला तातो चिया पिलाउन `भन्दै मनी आण्टी बैठकमा छिर्नु भयो,साथमा हात भरी सपिङ झोला बोकेको बुवा पनि हुनुहुन्थियो ।कान्छी दिदी लाइ बुवा बाहेक कसैले पनि तिमी भनी सम्बोधन गर्दैन थियो हाम्रो घरमा ।आंमा पनि तपाई नै भनेर सम्बोधन गर्नु हुन्थियो र कान्छी मात्र भनेर त बुवाले पनि कहिले बोलाउनु भयेन कान्छी दिदीलाइ त्यसैले होला कान्छी दिदी `हुन्छ` पनि नभनी अध्यारो मुख लगायेर चुप चाप भान्छा तिर लाग्नु भयो ।
`हन के भयो यो कान्छीलाई? बोल्दा पनि नबोली घोसे मुन्टो लायेर हिडिन त्यसैले भनेको दिदीलाइ नोकरलाइ नोकरको ठांउमा राख्नु पर्छ नत्र टाउकोमा ........आ
`कान्छी दिदी नोकर होइन`आन्टिको कुरा पुरा हुन नपाई बिच मै काटी दिनु भयो दाईले ।बुवाको आमा सानैमा बित्नु भएकोले सानै देखि कान्छी दिदीको आमाले आफ्नो दुध खुवायेर हुर्काउनु भयेको बुवालाइ, काम गर्ने भए पनि दुधको साईनो छ बुवासङ कान्छी दिदीको,तिमीहरुले कान्छी दिदीलाइ आफ्नो फुफूलाइ जस्तो मान गर्नु पर्छ भनेर आंमाले सम्झाउनु भएको थियो हामीलाई। हामीले सधैं कान्छी दिदी र कान्छी दिदीको दुल्हालाई घरमा घरको सदस्यकै रुपमा देख्दै आएको थियौ ।
`अबुइ सन घरमा काम गर्ने मान्छे नोकर नभै मालिकहुन्छ त?हात नचांउदै आण्टी किसन दाईतिर जाई लाग्नु भयो।
`बस मानिषी केटा केटीसङ बहस गर्ने होइन,तिमीलाई पहिले पहिले यहाँ आउँदा पनि मैले र मन्दिराले कान्छी दि को हैसियत हाम्रो घरमा नोकरको नभयेर घरको सदस्यको छ भनेर कतिपल्ट सम्झाएका छौ आज फेरी त्यही कुरामा बच्चाहरुसङ बहस गर्न आवस्यक छैन `
बुवाले बिचमै त्यो बहसलाई टुङाइ दिनु भयो त्यो दिना।तर त्यस बेला कान्छी दिदी मनु आन्टी र किसन दाईको बिचमा जन्मिन गयेको तिक्तताले पछि गएर बट बृक्ष्यको रुप लिन पुग्यो ।
Saturday, August 9, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment