

ओलम्पिक को ईतिहासको १०० बर्ष पस्चात आफ्नो देशमा ओलिम्पिक खेल गर्ने चाइनाको सपना बल्ल पुरा भएको छ ।देशमा भयेको प्राकृतिक प्रकोप,देश् भित्र तथा बाहिरबाट् भयेको राजनेतिक दवाबको बाबजुद पनि चाइना आफ्नो देशमा ओलिम्पिक गराउन सफल भयो आज संसारलाइ नै चमर्कृत गर्दै एउटा भब्य समारोह बाट चाइनामा ओलिपिक खेलको उदघाटन गरियो।प्रतक्ष्य या अप्रतक्ष्य रुपमा चिनमा ओलिम्पिक नहुनदिन कृयाशिल साम्राज्यवादि सक्तिहरुलाइ चानिइज जनताको अदम्य साहास र चाइनिज नेताहरुको रास्ट्र पर्तिको बफादारिताले गतिलो झापाट दिन सफल भयेको छ।कहिले देश बाहिर भयेको कुनै अन्तरास्ट्रीय खेलमा सामिल नभयेको अमेरिकी रास्ट्रपती बुसको उपस्थितिले पनि यो ओलपिकमा चिनको प्रतिष्ठालाइ बिस्वमा उंचो बनाएको छ । चीनका राष्ट्रपति हु जिन्ताओले ओलम्पिक खेल सुरु भएको घोषणा गरी यसको उद्घाटन गर्नुभयो भने समारोहमा ओलम्पिक ज्योति बाल्ने गौरव चीनकी जिम्न्यास्टिक खेलाडी लि निङले हासिल गरिन् । राष्ट्रपति जिन्ताओले खेल सुरुआतको आधिकारिक घोषणा गरेपछि लि निङले ज्योति प्रज्वलित गरेकि थिइन।
चिनले आफ्नो पुरानो संस्कृति , समाज र अहिलेको आधुनिक समाजलाई भिन्न दुई भागमा आकर्षक ढङ्गले प्रस्तुत गर्यो । चीनको महान् उत्पादन कम्पास,'गनपाउडर', कागज र पि्रन्टिङका साथै प्राचीन कला र विश्वका नौ आश्चर्यमध्ये एक 'ग्रेटवाल'लाई पनि उद्घाटन समाररोहमा कलाकारहरूले आफ्नो कलाकारिताद्वारा उत्कृष्ट ढङ्गले चिनाएर विश्वलाई स्तब्ध बनाएको थियो । उद्घाटन समारोहमा चीनले 'एउटै विश्व, एउटै समूह'को नारा दिएर विश्वसामु उदार मित्रताको प्रस्ताव राख्नको साथै, शान्तिको सेतो प्रतिक परेवालाइ चित्रण गरेर बिस्वमा शान्तिको शन्देश दिन पनि सफल बन्यो । १५ हजारभन्दा बढी कलाकारद्वारा पूरै रङ्गशाला तताएको यो अद्भूत समारोहमा रास्ट्रपति बुस, फर्स्ट लेडि लौरा बुस ,फ्रान्सको रास्ट्रपति निकोलस सार्कोजि, रसियन प्रधान मन्त्रीव्लदिमिर पुतिन लगायेत ८० भन्दा बडि रास्ट्र नेताहरुको सहभागिता थियो र उनिहरु आ-आफ्नो देशका खेलाडिहरुलाई प्रोत्साहनका मुस्कान यवं हवाई चुम्बन उछालि रहेका थिये ।तर नेपालि खेलाडिहरुको दुर्भाग्य?हरेक दृस्टिबाट गरिब हाम्रा यी रास्ट्रीय गौरबहरु आफ्नो देशको रास्ट्रप्रमुख द्वारा प्रोत्साहन पाउनबाट पनि बन्चित रहे।
No comments:
Post a Comment