Friday, August 8, 2008

आईतबार तेल पाइने नै हो त?


नयाँ नेपालका संसदहरुले रोसटम घेरेर के तमासा देखाई रहेको होला भनेको त?यिनीहरु सांच्चै नै जनतालाइ तेल आपुर्तिको समस्याबाट निजात दिलाउन लागि परेका हुन कि जस्तो पो देखियेको छ।नरेन्द्रर राज जोशीज्युले Evenues मा दिनुभएको अन्तरवार्ता अनुसार त नरेन्द्रराजज्यु लगायत का संसद टोलीले आयल निगम,अर्थ मन्त्री तथा सम्बन्धित निकायहरुसङ भेटेर छिटो भन्दा छिटो तेल आपुर्ती कसरी हुनसक्छ भन्ने कुरामा छलफल गरेको बुझिएको छ।साथै उक्त छलफल अनुसार यो आईतबार सकेसम्म आयेल निगमसङ भयेको सबै तेल बितरण गरि धेरै भन्दा धेरै तेलको आपुर्ति गरिने भन्ने कुरा पनि जानकारीमा आयेको छ।अब हेरु आईतबार जनताले कतिको पेट्रोल पाउने हो?सांच्चै नै पाउने हो कि ?रात भरि रुग्यों बुढी त ज्युदैं भने झै हुने हो ।

No comments: