देशमा राम्रो खबर भन्ने त अब कहिले सुन्न नपाईने नै जस्तो छ । कहिले के बन्द ,कहिले कता बन्द हुँदा हुँदा अब फेरी कर्फु नै लगायेर बजार बन्द गर्ने बाध्यता आइपरेछ हाम्रो बर्तमान काम चलाउ सरकारलाई।लम्जुङमा मध्य मर्स्याङ्धि ठेक्का सम्बन्धमा वाइ सि एल र स्थानिय क्लबका युवाहरुसङ वाइ सि एलका कर्यकर्ताको झगडाले उग्र रुप लियेपछि आकस्मिक बैठक बसि लम्जुङ् प्रसासनले आज त्यहा कर्फु लगायेको हो ।स्थानिय क्लबका युवाहरुलाइ ठिक पार्नु पर्छ भन्दै १५०० जना जति वाइ सि एलको हुलले घर घरै तलासी लिन थाले पछि उत्पन्न भयेको अराजक स्थितिको कारण प्रशासनले कर्फु लगाउन बाध्य भयेको बताइन्छ भने अर्कोतिर वाइ सि एलका कार्यकर्ताहरु तुरुन्त यो कर्फु बन्द नगरेमा राम्रो हुने छैन भन्दै माइकिङ द्वारा धमाश दिदै हिडि रहेको देखिएको छ अब यस्तो प्रकारको बातबरण मा फेरी वाइ सि एल र बर्तमान (काम चलाऊ )सरकार बिच फेरी घमासनको पर्ने हो कि भन्ने पिर जनतामा बडन गएको छ ।यता नेताहरु बालुवाटारमा बसेर सरकार बनाउने छलफल मा ब्यस्त छन भने उता उनिहरुकै कार्यकर्ता देशको एक भाग मा अशान्ति मचाइ राखेका छन । ठेक्का पट्टा सम्बन्धी
हस्तक्षेप यो भन्दा अघी पनि वाइ सि एल ले बिभिन्न ठाउँमा गर्दै आई रहेकै हो र अझै पनि एस्तो कार्य रोकिएको छैन अब फेरी को कस्ले को सँग माफि माग्ने हो कामरेडहरु माफिनामा तैयार गर्दै गर्नु होला कस्ट सहने त नेपाली जनताको नियती नै बनेको छ हामी त्यो नियती भोग्दै बसुला ।
Thursday, August 7, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment