स-स-ममानिय संसदज्युहरु त्यो रोस्टम घेरेर तमासा संसारलाइ के देखाउनु हुन्छ ।बेकारमा तमासा गरेर दुनियाँ नहंसाउनोस प्लिज ।तपाईंहरु कति पानीमा हुनुहुन्छ भन्ने कुरामा त अस्ती काठमान्डौमा घर भै भै घर भाडा भत्तालिएर नै देखाइ हाल्नु भयो नि? हाम्रो आफ्नै घर छ याहा चाँहिदैन हामीलाइ यो भत्ता भनेर त्यो केही हजार रुपैया सरकारलाइ नै फर्काइ दिन सक्नु भएको भए ए अलिकति पनि कतै तपाईंहरुमा नैतीकता बचेँको छ कि भनेर सोच्न वाध्य हुन्थे जनता।
तपाईंहरुको पैसा भने पछि तीन नेत्र बल्ने चरित्रले गर्दा जनता वाक्क दिक्क भै सके मिस्टर गगन तपाईं त युवा नेता सबैले नभए पनि केहिले तपाईंमाथि आसा राखेका थिए तर तपाईं त धत... ?२ लाख अस्पातललाई दान दिए भनेर मिडियामा फोटो खिचाउने अनि जाबो घर भत्तामा चाँही -याल चुहाउने?सुन्छु त्यो पैसा फेरी अस्पातललाई दिनु हुँदै छ रे?जनताको सम्पत्ति लिएर जनतालाई नै दिएर के मज्जा भयो र? लिदै न लिएर अरुलाइ पनि लिन हुन्न है भनेर भन्नु सक्नु भएको भए अरु हुतिहाराहरुले नि लिन्न थिए कि? अनि भन्न हुन्थियोनी गगन is the great अब त खै के भन्ने?
Wednesday, August 6, 2008
Subscribe to:
Post Comments (Atom)
3 comments:
ठीक भन्नु भो सागरिकाजी, हामी युवाहरूले गगनजस्तो नेतालाई वाहवाही गरेका थियौं । तर अब विस्तारै उहाँमा नेपाली राजनीतिको फोहोर रंग चढ्दै गएको छ । बडो निराश बनायो यस्तो करतूतहरूले ।
Sagarika जी म यो ब्लग संग एकदम असहमत छु । कुनै पनि व्याक्तीले काम गरीसकेपछी त्यसको पारीश्रमीक पाउनु पर्छ भन्ने मेरो मान्यता छ । उनीहरू संसद (सभासद) हुन, हामीहरूले संसद को जीम्मेवारी दिइ सके पछी हामीहरूले पारीश्रमीक मा किचकीच गर्नु राम्रो होइन । घरभाडा पाउनु उनीहरूको अधीकार हो त्यो उनीहरूले जे सुकै गरून हामीलाइ के मतलव । सानो तिनो कुरा हरूमा विवाद सृजना गरेर ठुला मुद्दाहरू थाती राख्ने काम नगरैा । काठमाडैा मा घर भएका र नभएकामा किन भेदभाव ? म त भन्छु सबै सभासदलाइ महीना को ५०,००० रूपैया तलब दिनु पर्छ । घर मा भरे के खाउ भोली के खाउ भन्ने भयो भने उनीहरूले कानुन बनाउने कुरा सोच्नेकी घर को अावश्यकता पुर्ती गर्ने कुरा सोच्ने ??
आर्यन जी तपाईंले शायद राम्रो सँग नेपालको नेताहरुलाइ चिन्नु भएको रहेनछ घर नहुने ले घर भाडा त लिनु ठिकै हो तर काठमाण्डौमा घर ठहराएर देशलाइ दुहुनु गाइ सम्झिएर दुहेर कङाल बनाएका यि नेताहरु लाइ अझ लाज पचेर घर भाडा लिन लाज त अवस्य हुनु पर्ने होइन र?
Post a Comment