
कान्तिपुर र द काठमाडौं पोस्टका सम्पादक र वरिष्ठ पत्रकारहरूले राजीनामा दिएपछि सम्पादकको खोजीमा रहेका नवनियुक्त अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले साउन २५ गते बिहान रामेश्वर थापाका नाममा ३५ करोड लगानी गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' एवं माओवादी पार्टी नेतृत्वसँग भेटेपछि कान्तिपुर सम्पादकमा सुधीर शर्मालाई नियुक्त गरेका छन्।
त्यसअघि कान्तिपुर सम्पादकमा युवराज घिमिरेलाई ल्याउने निश्चित भएको र उनलाई सिरोहियाले वचनसमेत दिइसकेको बुझिएको छ।
नेपाल साप्ताहिकमा सम्पादक रहेका शर्माले सिरोहिया र प्रचण्डबीच भेट गराएपछि निर्णय परिवर्तन भएको बताइन्छ। साउन २५ गते बिहान ८ बजे प्रचण्ड र सिरोहियाबीच एक घण्टासम्म भएको भेटमा प्रचण्डले कान्तिपुर सम्पादकमा शर्मालाई नियुक्त गर्न दबाब दिँदै यसबापत विभिन्न काम गराइदिने आश्वासन दिएको बुझिएको छ। माओवादी स्रोतका अनुसार प्रचण्डले आफ्नो कट्टर आलोचना गरेको भन्दै घिमिरेको नामै लिएर उनलाई सम्पादक नराख्न दबाब दिएका थिए भने सिरोहियालाई आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले कान्तिपुरलाई फाइदा हुने बताएका थिए।
२५ गते प्रचण्डसँग भेट हुनुअघि सिरोहियाले कान्तिपुर सम्पादकमा युवराज घिमिरे र पोस्ट सम्पादकमा अखिलेश उपाध्यायलाई नियुक्ति गर्ने निश्चित गरेका थिए।
२४ गते राजधानीको एभरेस्ट होटलमा सिरोहिया, घिमिरे र उपाध्यायबीच भएको भेटमा सिरोहियाले दुई सम्पादकलाई 'कन्फर्म' गर्दै बधाईसमेत दिएको स्रोतले बताएको छ। मिटिङ सकिएलगत्तै सिरोहियाले कान्तिपुर निर्देशक तथा पत्नी स्वस्तिका सिरोहियालाई त्यहीँबाट फोन गरेर कान्तिपुर सम्पादकमा युवराज घिमिरे र पोस्ट सम्पादकमा अखिलेश उपाध्यायलाई नियुक्ति गर्न प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। प्रचण्डसँगको एक घण्टा लामो भेटपछि सिरोहियाले घिमिरेलाई फोन गरी निर्णय परिवर्तन गर्न आफू बाध्य भएको बताएको बुझिएको छ।
(Note-मैले अस्ती नै भनेको थिए नि कान्तिपुर सिरोडियाको हातमा जानु हुने थिएन नि भनेर अब कान्तिपुर जस्तो स्थापित पत्रिका मावोबादिको मुख पत्र बने पछी आफ्नो कार्यकाल मा कामरेडले जती नै बिध्वंस मचाये पनि जनताले थाहा नपाउने भए।किनकी आज सम्म कामरेड् अलिकति हच्किने भने कै कान्तिपुरबाट थियो।कामरेडको कथनि र करणिलाइ औलायेर हाकहाकि भन्ने लेख्ने काम कान्तिपुर बाहेक अरुले बिरलै गर्लान।अब हेर्नुस न त्यंहा फोटोमा पनि तिनी दांत उधाउदै छन आफ्नो सब भन्दा बडि खेदो खन्ने संचार मध्यमलाई आफ्नो मुट्ठिमा पारे पछि अब जे गरे पनि आफ्नो बिरोधमा बोल्ने को त भनेर होला सायद् हैन् त?)
No comments:
Post a Comment