
धेरै दिन पस्चात मनलाई ठण्डक पु-याउने २ वटा रमाइलो खबर सुन्नमा आएको छ ।
यकातिर देशको गति दिन प्रति दिन दयनिय बन्दैगैरहेको छ भने अर्कोतिर नेता भनौदाहरु सत्ताकैलुछाचुडिमा लडिबुडी गरिरहेका छन यिनीहरुबाट देश र जनताले तुरुन्तै कुनै राहत अथवा निकास पाउलान भन्ने कुनै आधार देखिइरहेको छैन ।तर खाने मुखलाई जुङांले छेक्दैन भन्ने उखानलाई फेरी चरितार्थ गरिदियका छन बौद्ध जोरपाटी का `जोरपाटी युवा समुह`का युवाहरुले र उदय पुर गाईघाट कि ठकनी खातुन,नजबुल खान लगायत सुन्दर गा बि स का निरक्ष्यर गाउंलेहरुले ।
तपाईं हामीलाई थाहा भएकै कुरा हो बौद्ध जोरपाटी मा गाडीहरुको कस्तो घुइचों रहने गरेको थियो ट्रफिक जामले गर्दा मानिसलाई त्यहाँ हिडन हम्मे पर्द थियो तर त्यहाँको स्थानैय युवाहरुको सक्रियताले गर्दा आज त्यहाँको ट्रफिक जाम ब्यवस्थित हुन पुगेको छ ।त्यहाँका ति जागरुक युवाहरुले आँफै दिनरात खटेर त्यहाँ सुचारु यातायात ब्यवस्था मिलाएका छन ।यात्रुहरुलाई बिस्राम घर, पिउने पानीको ब्यवस्थाको साथै उनिहरुले त्यहाँ नि:सुल्क पार्किङ्ग ब्यवस्था पनि मिलाएका छन । त्यती मात्रै कहाँ हो र यि जागरुक भाइहरुले टोलको फोहोर सबै मिलेर बटुलेर फ्याक्ने गरेका छन जस्ले गर्दा त्यंहा पहिले जस्तो बाटो बाटो मा फोहरको थुप्रो भेटिदैन्।युवाहरुको जोश र जागर देखेर त्याहाका स्थानिये बासिन्दाहरु पनि अहिले दङ परेका छन र ति युवाहरुलाइ उनिहरुको पनि पुरा सहयोग र समर्थन रहदै आएको छ न रहोस पनि कसरी ?त्यस्तो प्रशंसनीय कार्य गरे पछि।यसरी नै देश भरिको युवाहरुले आ-आफ्नो टोल छिमेकलाई स्वच्छ राख्नु ,यातयात सुचारु रुपले चलाउन आफ्नो छेत्रबाट सक्दो सहयोग गरेमा इ नेताहरुले चाहे पनि नचाहे पनि हाम्रो देश एक दिन स्विजरलेण्ड जस्तो अवस्य बन्न सक्ने छ ।
ल है भाइ बहिनी हो तपाईंहरु पनि लाग्ने होइन त आफ्नो टोल सुधार कार्य क्रम मा तर वाइ सि एल र युथ फोर्स जस्तो कुनै नेता या दलको भरौटे नवनी आफ्नो मात्रुभुमिको सच्चां सपुत बनी अगाडि बडनुस है ल नेपाल आमा तपाईं को बाटो पर्खि रहेकी छिन ।
(नोट -अर्को राम्रो काम चाहि तलको पेज माँ हेर्नुष है -)
No comments:
Post a Comment