घर छोडी जाने परदेशी भन 
अब कहिले फर्किन्छौ?
छिट्टै फर्कियोस छोरा भन्ने
आमाको आशा कहिले पुरा गरिदिन्छौ?
रात र दिन औंला भाच्छिन तिनी 
कहिले तिमी आउछौ भनेर।
ईस्वरसङ प्राथना गर्छिन
एक झलक तिम्रो 
कहिले पाउने छु भनेर ।
सांसको भरोसा हुन्न केहि
त्यो कहिले चुडि जाने हो?
निस्ठुरि कालको ठेकाना छैन
कहिले टिपि लाने हो?
भन्दिनन केहि शब्दमा 
तर आंखा तिन्को बोल्दछ।
यो जुनि भेट अब होला
नहोला तिन्को मन डरदछ
घर छोडी जाने परदेशी भन 
फर्किन्छौ फर्किन्नौ 
आंमाको दुधको बाकी 
त्यो भारा तिर्छौ कि तिर्दैनौ?
(Note-आज एउटा बिदेश लाग्नु भएको साथीले नेपालको हालत त्यस्तो छ,
अहिले के देश फर्किने? भन्नु भएकोले तेस्को उत्तरमा लेखेको यो सानो कबिता। )
Tuesday, August 5, 2008
Subscribe to:
Post Comments (Atom)
3 comments:
Thanks sagarika ji & namaste from सात समुन्द्र पारीबाट
मलाई ब्लग चलाऊन हजुरको सुझाब र सल्लाह को आबस्यक छ
please help me..ya..
प्रदेशी को पत्र पुराइदिनु है
आउन त मन थियो नि प्रिया उडेर चरी झै
दु:ख र पिडा बर्सिन्छ सधैं असारे झरी झै
सम्झेर ल्याउदा मन मेरो रुन्छ के गरु दुखिले
ब्यथा र पिडा दु:खैले बुझ्ला बुझ्दैनन सुखिले
मनमा त लाग्छ उडौ कि गूडौ त्यो संसार छुनलाई
भाग्यनै रैछ निस्ठुरी मेरो छोडेन रुनलाई
आउन त मन थियो नि प्रिया उडेर चरी झै
सम्झेर तिम्लाई हरपल नयन असारे झरी झै
आमालाई तिम्ले सघाइराख बाबालाई सम्झाइदेउ
साहूको रिण तिरेर मात्र आउछरे भनिदेउ
गोठमा जादा गाइले सोधे घास दिनु पेट्भरी
तिम्रो र हाम्रो ब्यथा झै बोक्ने धेरै छन देसभरी
त्यसैले प्रिया
दु:ख र सुख साटेर जिउने यही हो दुनियाँ
मिलन र बिछोड हासेर जिउने यही हो दुनियाँ
सागरिका जि
please if you dond mind
मलाई blog को बारेमा सिकैदिनु है र
हामी एसै चौतारी मा भेटउ है .
प्रदिप ज्यु क्ष्यमा गर्नु होला फ्री नेपाल हेर्न खोज्दा भाईरस पस्यो कम्प्युटर मा र यहाँको कमेन्टस् नै हेर्न पाइन कसरी ब्लग चलाऊने भनेर सोध्नु भएको छ म आँफै सिकारु छु तपाईंलाई के सिकाउन सकुलि तर पनि यो ब्लग मार्फत म के भन्छु भने तपाईंको प्रयास राम्रो छ र मलाई लाग्छ तपाईंलाई म भन्दा पनिhow to run blog भन्ने बारे धेरै राम्रो जानकारी छ ।बरु तपाईं सिकाइ दिनुस है मलाई।म बाट् पनि हुने सहयोग र सल्लाह त हुने नै छ।
Post a Comment