फेरी जिन्दगीले बाटो बिराएको छ .
अकालमै कालले समायेको छ।
बाटो कुर्नेहरु कुरी नै रहे
फर्किनेहरु बाटो मै कतै हराएको छ
आँखाहरु सब सागर बने
मुटु कोलहल गरी कराएको छ
कसरी कहाँ पुकार्ने ?
जब दैवले नै यो दिन देखाएको छ
कति भोको रहेछ त्यो काल ,
एकै चोटि त्यती धेरै निल्न सक्ने
कति निस्ठुरी रहेछ त्यो काल
कसैलाइ एक रति दया नगर्ने।
लानु थियो जस जसलाइ
उस्ले चट्टक लगिदियो
निल्नु थियो जो जसलाइ उस्ले
एकै चोटि निलि दियो।
आंसुको सागरमा डुबाएर
कतिको हांसो लुटि दियो
कतिको सिंउदो र कतिको काख
उस्ले खालि गरि दियो ।
कस्लाइ कसरी कुन रुमालले
यहाँ आंसु पुछि दिने?
शब्दै पङु भएको छ कस्लाइ
कुन शब्दले सांत्वना दिने ?
यौटै बिन्ती छ प्रभु तिमीसङ
छौ यदि सांचै नै कतै भने
भोग्न न परोस यस्तो पिडा
नास्तिक नै कोही भए पनि ।
Note=तिर्थ गर्न जादा भारतको चमौलिमा दिवङत भएका
नेपालीहरुलाइ क्ष्रदान्जली स्वरुप लेखियेकोको कबिता
Subscribe to:
Post Comments (Atom)
1 comment:
Tappaiko bhawanako kadar garnai parch sagarika madam sabai nepaliko man tapaiko jasto bhai diye kati sunder hunthyo yo nepal.sachai ramro chha Kabita ani tapaiko web side pani uttotar pragatiko kamana garchhu
Post a Comment