म झसङ्ग भए `कही कान्छु ले कुनै बदमासी गरेकोले आमा उस्लाइ तहलाउनु` भनेर त बाहिर हिडनु भएन?आ जे पो होस हिजो बित्थामा मलाइ हिर्काउनु भयेर येस्तै के के सोच्दै थिये म ।`उठ उठ अल्छि नगर,आमा आज तिमीलाइ उठाउनु आउनु हुन्न,काम परेर बिहानै बाहिर जानु भयेको छ रे ,छिटो गर ढिला हुन लागि सक्यो `भन्दै दाईले मलाइ तानेर खाटबाट तल झार्नु भयो।अब मैले नउठि धरै थिएन्,आंमा बुवालाइ पो म घुर्की लगाउन सक्थे दाईसँग त मेरो केही जोर चल्दैन थियो,अलिकति ना नुकुर गर्यो कि काउकुती लगाउन थाल्नु हुन्थ्यो,अनी हुन्थियो मेरो तिरिमिरि झांइ।हुन्छ बाबा हुन्छ नभनि धर?हतार हतार तैयार भएर त्यो दिन पनि केही नखाइ म स्कूल हिंडे ।`
खाजा खाएर जौ `भनेर सबै कराइ रहे तर कसैको कुरा नसुनी कारमा आएर बसे ।
सबै जना आज पनि अचम्म मान्नु हुन्छ सबै कुरामा ज्ञानी बुझकी मान्छे म तर बिहान आमाले उठाउँन आउनु भएन भने चाँही किन त्यस्तो अटेरि,अफ्टेरी हुन पुग्थे भनेर।
हामी तिनै जना घरकै गाडीमा स्कूल जान्थ्यौ ।तर त्यो दिन दाई र म मात्र स्कूल गयौ ।कान्छु आयेन हामीसङ।`कान्छु खै त`?
भन्ने मेरो प्रश्नमा। उ पनि आंमासङ बाहिर गयेको छ।अहिले आंमाले नै स्कूल पुर्याउनु आउनु हुन्छ होला भनेर टार्नु भयो दाईले मलाइ।मैले अघिल्लो सांझदेखि नै कान्छुलाइ देखेकि थिइन।उ स्कूलबाट आउने बित्तिकै साथिहरुसङ खेल्न गैसकेको थियो,म रिसायेर छिट्टै सुति हाले।`सांच्चि त्यो रात भोकै सुत्यो `भनेर मलाइ कसैले उठाउदा पनि उठायेन नि?खाना खान उठायेको भये पनि खाना खाने बेलामा त भेट हुन्थ्यो मेरो कान्छुसङ।अब बिहान आंमासङ कान्छु पनि गायेब?
धेरै कुरा यस्तो थियो कि आज भयेको भये म तुरुन्तै केहि अनहोनि भैरहेको छ भनेर सतर्क हुने थिये होला तर त्यसबेला तेति टाडा सोच्ने अन्तर दृस्टि काहा थियो र मसङ? कान्छी दिदीको श्रीमान लामा दाईको जिम्मा थियो हामीलाइ स्कूल लाने ल्याउने । कहिलेकाही मुड चल्यो या स्कूल मा प्यारेन्टस डे या अन्य कुनै काम पर्यो भने बुवा आँफै पनि गाडी हाकेर हामीलाई स्कूल लियेर् आउनु हुन्थियो ।त्यो दिन पनि बुवा हामी सङै स्कूल आउनु भयो ।तर गाडी भने लामा दाईले नै हाँक्नु भएकोथियो।अरुबेला बाटो भरि जिस्किएर ख्याल ठट्टा गरी रहने बुवा त्यो दिन एकदमै चुप हुनुहुन्थियो । आमाँ सङै सानै देखि म भजन गांउथे त्यसैले होला सानै देखि मेरो स्वर सुरिलो थियो ।जस्ले गर्दा स्कूलमा बिहानको प्राथना मलाई गाउन लगाउथे।बिहानको प्राथना भ्याउनकोलागी लामा दाईले पहिले मलाई मेरो स्कूल छाडेर अनि अरुलाई छाडन जानु हुन्थियो।बुवा त्यो दिन मसङै मेरो स्कूलमा ओर्लिनु भयो।प्राथनाकोलागि ढिला भै सकेकोले बुवालाइ गेटमै छाडेर म प्रथाना हल तिर दौडिए ।पछि प्रथाना सकेर आउँदा बुवा फर्किसक्नु भएको थियो ।बुवा त्यो दिन किन स्कूल आउनु भएको थियो त्यतिबेला त केही थाहा भएन मलाई तर पछि थाहा भयो कि स्कूलको केटाकेटीहरुलाई अनावस्यका कुरा गरेर बाल मस्तिष्कमा नराम्रो प्रभाव पार्ने काम गरेको भनेर कमला मिसलाई चेतावनी दिन आउनु भएको रहेछ बुवा त्यहाँ ।`हुन पनि हो नि ,मेरो दाई साक्के होकी सौतेनी?मेरो घरमा कसैले नभनेको कुरा उस्ले किन भन्नु पर्यो मलाई?अरु कसैले त्यस्तो कुरा गर्यो भने पनि एउटा गुरु आमाँ जस्तो मान्छेले ए यस्तो कुरा स्कूलमा गर्ने होइन भनेर रोक्नु पर्नेमा आँफै त्यस्तो कुरा गरी हिंड्नु हुन्छ त? उस्को त्यो कुराले मलाई कत्रो चोट पर्यो ।
कान्छी दिदी र पदमा दिदीले `सौतेनी दाई हुनुलाई त सौतेनी आंमा हुनुपर्छ खै तिमीहरुको सौतेनी आंमा? किसन दाई र तिम्रो आमा यौटै होइन? यौटै आंमाको छोरा छोरी कसरी सौतेनी भयौ भनेर धेरै सम्झाउनु भयो र म चुप लागे नत्र म रुयरै मर्थे होला ? पछी त्यही कुरामा कमला मिस कार्वाहिमा पनि पर्नु भएछ ।गुरु भएर गुरुको धर्म पालन गर्न नसकेकोमा वहाँलाई पनि पछुतो त अवश्य नै भयो होला ? क्रमश्:-
Saturday, August 2, 2008
Subscribe to:
Post Comments (Atom)
1 comment:
kathaa ramro lago sagarika jee tar alik dila bhayo daily post garna mildain?
Post a Comment