फेरी जिन्दगीले बाटो बिराएको छ .
अकालमै कालले समायेको छ।
बाटो कुर्नेहरु कुरी नै रहे
फर्किनेहरु बाटो मै कतै हराएको छ
आँखाहरु सब सागर बने
मुटु कोलहल गरी कराएको छ
कसरी कहाँ पुकार्ने
जब दैवले नै यो दिन देखाएको छ
खण्डाग्रास सुर्य ग्रहण सङै आज पनौति बासिहरुको जीवनमा पनि बेदना र बिछोडको ठुलो ग्रहण लागेको छ । सुर्यमा लागेको ग्रहण त केही समय पस्चातमा समाप्त भयो तर पनौति बासिले झेल्न पर्ने यो ग्रहण त जीवन भरिनै रहिरहेने छ।
थाहा छैन कुन शब्दले सान्तवना दिने सोकाकुल पनौति बासिहरुलाइ। शब्द नै पङु भएको छ अहिले ।दिबाङ्गत आत्माको चिर शान्तिको कामना गर्नु बाहेक अरु केही छैन हाम्रो हातमा । अस्ती भर्खरै त्रिसुलीमा भएको दुर्घटनाको खाटा बस्न नपाउदै फेरी अर्को घाउं थपिएको छ नेपाल आमाको छातीमा । दुर्घटना एउटा भवितब्य हो यस्लाइ रोक्न सकिदैन तर तेसो भन्दैमा आंखा चिम्लियेर खाल्टोमा हाम्फाल्नु पनि हुदैन। केही सतर्कता अपनायो भने अर्को सही बाटो पैलाएर हिडयो भने खाल्टोबाट बचिन पनि सकिन्छ ।
नेपालमा बस ब्यवसायीहरुले आफ्नो फायदा मात्र हेरेर कतिपय खराब कन्डिसनको बसहरु पनि चलाइ रहेका छन कतिपय बसहरु दक्ष्य चालक नभै सिकारु चालकहरुले पनि चलाइ रहेका हुन्छन । कतिपए दुर्घटना त चालकले मदिरा सेवन गरेको कारण चालकको गल्तीको कारण पनि भैरहेको हुन्छ ।हुन त चमौलिमा भएको यो दुर्घटनामा त्यस्तो कमि कमजोरी
केही नभयेको हुन सक्दछ तर पनि त्यस्तै कमि कजोरिले भैरहने दुर्घटनालाइ रोक्न सम्बन्धित निकाय ले बेलेमै ध्यान पुराउन अतिनै आवस्यक छ । बस ब्यवसायी या चालक कसैको पनि गल्तिले कुनै पनि नेपालीले नाहकमा ज्यान गुमाउन नपरोस भनि सम्बन्धित निकाय र सरकारलाइ घच्घचाउने काम तपाईं हामी सबैको हो ।
तेही नै वास्तविक रुपमा मृतकहरुकोलागि हाम्रो वास्तविक क्ष्रदान्जली पनि हो ।
Friday, August 1, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment