नेपालमा अहिले जस्तो दण्डहिनताको स्थिती कहिले देखा परेको थियेन ।जता ततै बिद्रोह नै  बिद्रोह । देशमा सरकार र कानुन नभयेको महशुस भयेको बेला देश र जनताको धन जनको सुरक्ष्या ,सर्ब साधरण देखी लियेर उच्च बर्ग सबैलाइ नियेम  कानुन पालन गर्न लगाउने प्रहरी निकायेले नै कानुनको उलङघन गरी देशको सुरक्ष्या निकाये पर्ती बददै गयेको जनताको अबिश्वासलाई झन टेवा दिने काम गरेको छ ।तेस्को मुल कारण  के त ?
भन्ने जड पत्ता नलगाइ बिद्रोह मा सामेल भयेका २,४ जानालाइ नेल लगायेर सजाय दिदैमा ,समस्या समाधान भयो भनेर दुक्क हुने हो भने यो समस्याले भविस्यमा झन बिकराल रुप नलेना भन्न सकिन्न । द्वन्द कालमा बिना हतियार ,कतिदिन कती रात  भोक भोकै बिरताका साथ बिद्रोही सङ लडेका बिर योद्दाहरुलाइ पाखा लगायेर तेस्बेला मुख लुकायेर बर्खास्त गरियेकाहरुलाइ पुन बहाली गरी बिरता पुर्वक आफ्नो कर्तब्य पालन गर्ने सिपाहिको टाउकोमा खडा  गरिदियेको ले पनि भित्र भित्र असन्तुस्टिको आगो  दन्कियेको हो ।सेना र पुलिश मा माथिल्लो निकायेबाट गरिने शोषण र अत्याचार बारेमा बारम बार कुरा आइ रहदा पनि माथिल्लो निकायेले आँखा चिम्लीनाले नै यस्तो  परिस्थितीको श्रीजना भएको हो र येस्को नैतीक जिम्मेवारि पनि माथिल्लो निकाये ले नै लिनु पर्छ।
मलाई त त्यहाँ येस्तो भएको जस्तो लाग्छ तपाईंलाई कस्तो लाग्छ कोनी ?- 
बुझेनन कसैले किन  
यो मन कती रुन्छ 
मान्छे नै हौ हामी  
हामलाइ पनि दुख्छ ।
नियम र कानुनको मात्र 
किन एती धेरै बन्धन  
मानिसले मानिसको 
कती धेरै शोषण ।
कस्तो हो नियम 
 कस्तो यो चाला?
नाताबाद कृपाबादको 
सधैं बोलबाला 
काम गर्ने कालु 
मकै खाने भालु
मैदान छोडी भाग्ने नै 
बनेका छन ठालु 
आगो झन झन दन्कियो 
घिउ तेहा थपिदा
मनिस ले मानिसलाइ 
मानिस न ठानिदिदा
किन नेल ठोक्छौ ?
किन लाउछौ हतकडी ?
हामीलाई सजाये दिन,
जो आएको छ 
उ नै यहाँ को प्रमुख हो दोषी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment