गतांक को बाकी-
सांच्चै किन बहुलाकी होला अरुको रिस छोरिलाइ पोख्ने हो ?
निद्राबाट ब्युझे जस्तै भै बुवाले मलाइ आफ्नो छातिमा लगायेर फकाउने प्रयास गर्नु भयो ।
त्यो दिन `कहिले नपिट्ने आमाले कुन कसुरमा पिट्नु भयेको,किन पिट्नु भयेको ?
भन्दै धेरै बेरसम्म रुइरहे म ।रुदा रुदै कती बेला निदाये कोनी ?
रिसाएर केही नखाइ सुतेकी थिए यस्तै एक या साडे एक बजेको हुदो हो राती ! 
भोकले पेट कुइ कुइ गर्न थालेछ । 
ब्युझियेर कान्छी दिदीलाई `भोक लाग्यो भनेर` उठाउछु 
भनी उस्को खटियातिर हेरेको त ओछ्यान खाली थियो 
(तेती बेला कान्छी दिदी र म एउटै कोठामा सुत्थेउ)
दिदी भनेर बोलाउनै आटेको थिए बाहिर बैठकमा ३,४ जना मानिस् बोलिरहेको आवाज आयो । 
`यो कुरा म मान्दै मान्दिन `सब भन्दा ठुलो तर रुन्चे स्वरमा आमा कुनै कुराको बिरोध गरिरहनु भएको थियो।
`त्यस्तो लिडे ढिपी गरेर पनि हुन्छ मन्दिरा` ,नियम ले नै उनिहरुको हातमाथि परेपछी हाम्रो के लाग्छ ?` 
सुन्दर मामा को स्वर अचानक बिच मा सुनियो । 
`मामा कहिले आउनु भयो तपाई `
सबै कुरा बिर्सिएर मामालाई अङ्गालो हाल्न पुगे म । 
हिजो साझै आएको नि म, तिमी त मामा आउछ भनेर समसाझै सुतेछौ ?
अ.. अरु के भन्न् खोज्दै हुनुहुन्थियो मामा।
`
खाना नै नखाइ सुतेकी तिमी भोक लाग्यो हो ,हिड पहिले खाना खाउ` 
पदमा दिदीले मामाको कुरा बिचमै काटेर तानेर भन्छातिर झार्नु भयो मलाई
` अरे पदमा दिदी पनि आज घर जानु भएनछ`मनमनै सोच्दै पदमा दिदीको पछी पछी तल झरे म। 
तल भान्छामा कान्छी दिदी के के तार्दै थिइन । 
मलाई कोठामा एक्लैइ छाडेर यहाँ के तारी रहनु भएको नि कान्छी दि ?
ह.. मेरो स्वर सुनेर कान्छी दिदीको हात बाट झन्डै फ्र्याइ पेन खसेको,
कुन सोचमा मस्तथिन कोनी ?हामी २ जाना तेत्रो हल्ला गर्दै आएको नि थाहा भएन तिन्लाई ।
`
आज मासु पकाएको छैन त्यसैले सुन्दर मामा को लागि आमलेट बनाइ रहेकी‘ । 
स्वर सुन्दा केही बेर अगाडिसम्म रुइरहेकी थिइन तिनी भन्ने कुरा जुन सुकै मुर्खले नि थाहा पाउन सक्थियो। 
के सोचेर हो कोनी मैले पदमा दिदीको मुखमा पुलुक्क हेरे । रुएरै त होला तिन्को आँखा पनि गोलभेडा जस्तै भएको रहेछ। 
११ बर्ष पुगी सकेकी मान्छे म त्यती सानी पनि थिइन ।
कसैले केही नभने पनि यहाँ केही न केही हुन नपर्ने कुरा भैरहेको छ भन्ने कुराको हेक्का भैसकेको थियो मलाई l
हिजो देखिको घटनाक्रमले पनि कुनै अनहोनिको सन्केत दि राखेको थियो मलाई ।
तिहारमा टिका थाप्न नभ्याउने मामा त्यसै आधा रातमा पोखराबाट कुदेर आएका थिएनन तर कस्लाई सोध्ने मैले ?
केटाकेटी भनेर कसैले भन्ने होइनन होला ? 
त्यो उमेरै त्यस्तो केटाकेटी जस्तो कुरा गर्यो भने ठुलो भैसकिस तेसो गर्न हुन्न भनेर रोक्छन, 
ठुलो मान्छेको जस्तो कुरा गर्यो भने पनि अहिले सानै छस् यस्तो कुरा गर्ने बेला भएकै छैन भनी छेक्छन । 
त्यो दिन खाना खाएर माथि बैठकमा सबैको छलफलको हिस्सा बन्न सक्छु कि भनेर बस्न खोजेको थिए,
 तर बुवाले `सुत्न जौ छोरी बिहानै उठेर होम वोर्क गर्न पर्छ`भनेर बस्नु दिनु भएन।
म भने सबै जाना बसेर के कुरामा छलफल गरी रहेका होलान भन्ने कौतुहलले धेरै बेर सुत्न सकिन।
 क्रमश ;-
Monday, July 14, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment