गोरेटोमा मा कांहा खोज्छौ
यंहा मन हरायेको बेला  
तारा पनि रुदै थियो 
जुन बिलायेको बेला 
तिम्रै लागी साचेको थिये ,
तिम्रै भनी सुम्पियेको हो, 
कती जोडने कती सिउने  
सबै धुजा धुजा भयेको बेला 
नजानेको भये अन्जान भन्थे  
जानी जानी तोडी दियौ 
सिशा जस्तो मुटु मेरो 
ढुङ्गा हानी फोडि दियौ
के भन्ने कती भन्ने 
यहाँ शब्दै हराएको बेला
बाधु बांध यहाँ कसरी 
चुनामी नै उर्लिएको बेला  
किनकी बुझेनौ तिमिले ,
लिनु मात्र होइन जीवन दिनु पनि हो
जित मात्र होइन जीवन हार पनि हो  
सम्झौता मात्र होइन जीवन समर्पण पनि हो 
टुटे पछी जुडन गाह्रो मन त्यो दर्पण हो
Tuesday, July 15, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment