साथीहरुले मलाई यहाँ कबिता मात्र होइन अरु समाचार मुलुक लेख पनि लेख्नुस् भनेर भन्नु भएको छ। तर के लेख्ने खै कतै कुनै राम्रो समाचार भएको भये पो त जहिले तहिले हडताल बन्द हत्या , हिंसा ,चोरी डकैति । नेपाल ,नेपाल नभएर भारत को बिहार जस्तो लाग्न थालेको छ हिजो आज मलाई नेपाल।कहिले कस्को बन्द कहिले कस्को बन्द ?कहिले विद्यार्थीको बन्द त कहिले अध्यापकको बन्द ,कहिले उपभोक्ताको बन्द त कहिले ब्यापारिको बन्द ?हुँदा हुँदा डाक्टर जस्तो पवित्र पेसामा लागेका ब्यक्तिले औषधी उपाचर् पनि बन्द गर्न थाले। भनिन्छ जुन सुकै कुराको पनि हद हुन्छ । नेपालको नेताहरुको कुर्सी लिप्सा र नेपाल बन्दको कुनै हद नहुने भयो?
लुम्बिनी गएर अशोक स्तम्भ अगाडि परेवा लिएर उभिने बित्तिकै पुष्प कमल दाहाल उर्फ प्रचन्ड बुद्ध बनी हाले र सक्तिको पूजा गर्ने catagory मा पर्ने एक संस्थाले तिन्लाई अन्तराष्ट्रिय शान्ती पुरस्कारले बिसोभित पनि गरी हाले ,तर ति बुद्दका चेलाहरुले अंग्लुमारको चोला उतारेर फ्याक्न सकिरहेका छैनन ।
छोडुन पनि कसरि बाघको मुखमा रगत लागे पछी छुटन त ग्राहो भै हाल्ने भयो। आजै वाइ सि एल को दुरब्यहारले गर्दा प्रमुख जिल्ला शिक्षा अधिकारी मोहम्मत हसरत अली को मृत्यु भयो । नेताहरु त नेता भै हाले ,जुनसुकै सरकार जुन सुकै नेता आए पनि देश र जनताको लागि शान्ती सुरक्षाको अभिभारा बोकेका कानुन र अनुशासनको सबभन्दा बडि पालन गर्नु पर्ने सेना र प्रहरिका जवानहरुले नै अनुशासन र कानुनको उपहास उडाइरहेका छन, जस्को जल्दो बल्दो उदाहरण -उदय पुरमा भएको सेना का जवान र त्यहाँका युवा बिच भएको झगडा,नेपालगन्जको पुष्प लालचौक स्थित प्रहरी गणमा भएको दँगालाइ लिन सकिन्छ, नेपालगन्जको प्रहरी गणभित्र त कती round गोली पनि चलेको थियो रे?भनिन्छ नि बिग्रिएको मान्छेको भत्कियेको घर भत्किये पछि के को डर? ठिक त्यस्तै छ अहिले नेपाली नेता र बिभिन्न निकाएमा रहेकाहरुको मनस्थिती । देश परिवर्तन माग्छ नै जहाँ पनी ,परिवर्तन मागी रहेको हुन्छ ,तर यो कस्तो खाले परिवर्तन हो ? के तपाईं हामीले खोजेको परिवर्तन यस्तै हो ? अझै कति मोहम्मत हसरत र रामहरिको रगतसँग पौडी खेल्ने हुन यी अङुलिमारहरुले । शान्तिको पदक दिने र शान्तिको पदक लिने सँग के हामी सोध्न सक्छौ खोइ शान्ती छ यहाँ कहाँ ?
Saturday, July 12, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment