पोथिलाई स्यालले एक लात्ती हान्यो   
तर भालेले चुपचाप हेरिरहयो ।।।।
बिचरा चल्लाहरुको छातीमा दुखेछ 
उनिहरु न आशु बगाउन सकिरहेक छन 
न त आफ्नो आमा को पिडा मेटाउन 
आफ्नै बाऊ -
जो निरह बनेर पनि शिर थाडो पार्दै 
छिमेकमा मै हुँ भनेर बाशिहिडछ 
नखरा पार्छ ।।।।हाम्रो घर यस्तो 
मेरी जाहान  यस्तो ।।।
मेर चल्ला चल्ली राम्रा 
बिडम्बना।।।।।
बुझ्दैन आफ्नै चल्ला चल्लिको पिडा 
बुझ्दैन पोथिको मार्का  
त्यसैले बिचरा बबुरा चल्ला चल्ली हरु।।।।
उदेक मान्छन आफ्नै घरभित्र 
डर मान्छन आफ्नै छायासँग 
शायद।।।।।।।
बलियो बाऊ भएको भय 
चनाखो बाऊ भएको भय 
न त आमा रुन्थिन चल्लाहरुका 
न त बबुरा चल्लाहरु बास्नुपर्थ्यो 
तैपनी 
आफ्न साना चुच्चा र नङ तिखारेर 
गौडामा कुरिरहेछन 
किनकी।।।।
फेरी त्यो स्याल 
आट नगरोस उनिहरुको घरतिर ।।
             
                    बाट -प्रदीप स्रि , कतार 
Note-यो कबिता प्रदिप ज्यु ले मलाई Comment को रुपमा पठाउनु भयेको थियो तर यो Comment मात्र नभयेर हाम्रो देशको बस्तु स्थिति झल्काउने यौटा यथार्तपरक कबिता हो तेसैले मैले यांहा राखेकि छु, तपाईहरुलाई कस्तो लाग्यो भन्नोस है।
Wednesday, July 30, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment