दाई नमस्कार ,
धेरै पछी तपाईंलाई नेपाल जापान डट कम मा पडन पाइयो खुशी लाग्यो ।यत्रो समय कहाँ हराउनु भएको थियो कोनी ?म त कमल थापा र चन्द्र गुरुङ बाहेक अरु सबै राष्ट्रबादिहरु आत्मग्लानिको तन्ना ओडेर कहिले नब्युझिने गरी सुतेकी ?भनी ठानेको थिए। उठनु भएछ राम्रो गर्नु भयो। तपाईं जस्तो राजनीति शास्त्रीहरुले समय अनुसार जनतालाई उचित मागदर्सन दिन नसक्नु भएको ले नै देशले यो सङ्कट झेल्नु परेको हो लोकराज बराल जस्ता प्रबुद्ध राजनीति शास्त्रीले राजाको हुन्डी खायो खायो राजाको पलडा अलिक कमजोर देखे पछी लुसुक्क अर्को दुलो छिरो ।नेपालको मिडिया र प्रबुध बर्ग देशप्रती भन्दा आफ्नो फायदा र यश प्रती मात्र बफादार भएको कारणले नै आज देश मा अरुले नाङो हस्तक्ष्यप गर्न सकेका हुन। तपाईं पनि सान्सद बनी सकेको मान्छे आफु पनि आत्मा लोचन गरी हेर्नोश तपाईं र तपाईंको पार्टि पनि कही न कही यो अवस्थाकोलागी जिम्मेवार छ छैन ? अरु पार्टिको नाम सङै छेउमा रा प्र पा को नाम राखेर सुन पानी छर्के जस्तै गरी आफु चोखिन खोज्नु भएको त होइन?सुर्य बहादुर थापा पसुपती सम्सेरहरु अहिले खाटि गणतन्त्र बादी भएका छन,गर्नेलाई भन्दा देख्ने लाई लाज भनेको यस्तै हो । राजाले उनिहरुको कुरा मानेनन रे उनीहरुले देशको लागि के लछार पाटो लगाएका छन र राजाले उनीहरुको कुरा मान्नु पर्ने? एउटा सिन्धु पाल्चोक र धनकुटालाई नै पुरा देश मान्नेहरुको कुरा किन सुन्ने राजाले ? तेही सिन्धु पाल्चोक र धनकुटा ले पनि त लोप्पा खुवाइ दिये तिनिहरुलाई । देश छ र राजा छ ,राजा छ र त हामी छौ भन्ने बुझेनन तिनिहरुले। तिनिहरु के तिनिहरु जस्तो कतिले बुझेनन तपाईंले पनि बुझ्नु भएन शायद । आज आएर राजा हटाउन भारत र अमेरिकाको ग्राण्ड् डिजाएन भन्नु हुन्छ त्यो त अहिले सबैले बुझी सकेकै छ तर तपाईंहरुले त पहिले देखी बुझ्नु भएको थियो होला जे भये पनि एउटा राजनीति शास्त्री तपाईं ,तपाईंले राजा बादी सबै पार्टि लाई एक भई अगाडि बडनकोलागी ,देश बचाउ अभियानमा किन डोर्याउनु भएन ?अझै मौका छ जसरी आफ्नो लेखबाट सबै राष्ट्रबादी सक्ती एक हुन आवहाँन गर्नु भएको छ,त्यसलाई भनाइमा मात्र सिमित नराखी सबै राष्ट्रबादिलाई एकै सुत्रमा उन्नोस आफ्नो ब्यक्तिगत स्वार्थ देखी माथि उठेको सर्बमान्य ब्यक्तित्वहरुको जमात बनाउनोस अनी एउटा देसभक्तीको बिगुल फुक्नोस नेपाली भाषा नेपाली संस्कृति अनी नेपाली माटो जोगाउन सक्नु हुन्छ भने नभए तपाई पनि हिन्दी भाषाको माला जपनोस चुप चाप के थाहा? पछिल्लो पाली उपरास्ट्रपति मा तपाइकै भाग्य जाग्ने हो की?। अस्तु ; अरु केही सल्लहा चाहिये लेख्नु होला ।
एउटा नेपाली चेली
Wednesday, July 30, 2008
Subscribe to:
Post Comments (Atom)
2 comments:
letter ta ramrai chha tar alik dhit mardo rahenachha neta jee ko bhai buhariko kura pani alikati lekhnu parne.ani nepali cheli bhaneko tapaai nai ho ki aru nai ho?
प्रभु ज्यु यो पत्र मलाई इमेलमा नेपाली चेलीको नामबाट नै प्राप्त भयेको हो। मैले लेख्ने भये आफ्नै नामले लेखि हाल्छु किन अर्को नामले लेख्न प्रथ्यो र?comment कोलागि धन्यबाद।
Post a Comment