Monday, July 28, 2008

क्रमश:-सौतेनी आमा (अंक -४ )

तर त्यो बिहान धेरै बेरसम्म निदाएको बाहानामा आंखा चिम्लिएर लडिरहदा पनि आंमा आउनु भयेन। कान्छी दिदी ले धेरै पल्ट उठाउने कोसिस गर्नु भयो मलाई तर म भने उठदै उठिन ।
केहि सिप नलागेर कान्छी दिदीले बुवालाई बोलायेर ल्याउनु भयेछ।
`नानु `उठ स्कुल जान ढिला हुन्छ,बुवाले आएर मेरो केश मुसार्दै उठाउँने कोशीस गर्नु भयो ।बुवा पनि हामीलाई औधि माया गर्नु हुन्थियो। तर आमाको ममताको सामु बुवाको बात्सल्य केहि हदसम्म अप्रभावित नै हुदो रहेछ।
`आमा खै त ? पहिले आमालाइ बोलाउनु यांहा `
बुवाको हात फालेर ठुस्कियेर झन सिराने भित्र मुख घुसारे मैले। आमाले नउठाइ उठदिन छोरी भन्ने थाहा थियो बुवालाइ तेसैले होला धेरै कर नगरि निस्कियेर हिडनु भयो वांहा मेरो कोठा बाट ।मैले त्यस्तो सोचे ,तर कुरा अर्कै रहेछ धेरै पछि मात्र थाहा भयो मलाई ।
`रागी`के भयो किन न उठेकी स्कूल जान्नौ `बुवा जानु भएको एकै छिन पछि किसन दाई फेरी मलाई बोलाउन आउनु भयो ।

`अरे किसु दाई कहिले आउनु भयो तपाईं`?

स्कूलबाट स्काउट क्याम्प जानु भएको दाईको स्वर एक्कासी सुनेर एकक्षणको लागि आंमा बिर्सिए मैले ।

`हिजो राती नै आयेको नि?तिमी त दाईलाई नपर्खि सुति हालेछौ? माधव मात्र बिचरा मलाई पर्खियेर बसिरहेको रहेछ `दाईले गुनासो पोख्नु भयो मसँग ।

`अनि तपाई त शनिबार मात्र आउछु भन्नु भा होइन,आज त भर्खर बिहीबार भयो ,मलाइ के थाहा तपाई हिजै आउने भनेर?मैले उल्टो दाईलाई छोपे ।

`मैले आमालाई फोन गरेर भनेको थिए त हामीलाई क्याम्प लाने सरको बुवालाइ सुतिरहेको ठाउँबाट कसैले उठाएर लाग्यो रे ? त्यसैले हामी आजै फर्किने भयौ भनेर ।शायद आमाले तिमीलाई सरप्राइज होस भनेर केही नभन्नु भएको होला `? (हाम्रो देशमा लोड सेडिंग,मान्छे मारेको कुरा , मान्छे किडन्यापिंगको कुरा बिहान बेलुकाको दाल भात जस्तै भै सकेकोले होला सरको बुवालाई कसैले उठाएर लगेको कुराले केही असर गरेंन मलाई)

दाई आफ्नै अनुमानले के के भन्दै हुनुहुन्थ्यो ।तर म हिजोको कुरा सम्झिएर झन उदास भए ,दाई कहिले फर्किनु हुन्छ भनेर पल पल गनेर बसेकी मान्छे ,दाई अगाडि आइ पुग्दा पनि सम्पूर्ण रुपमा खुशी हुन सकिरहेकी थिइन म ।शायद तेती बेला बडो टिठलाग्दो गरी हेरिकी हुदी हुं मैले मेरो प्यारो दाईलाई ।
`के भयो मेरो कुइरिलाइ ? किन त्यसरी हेरिकी ? मेरो केश कैलो भएकोले दाईले धेरै माया जताउनु पर्यो भने मलाई मायाले कुइरी भनेर बोलाउनु हुन्थियो भने मेरो भाइ माधव जस्लाई हामी सबै मायाले मधु भन्छौ ,उस्लाइ रिस् उठ्यो भने मलाई कैली भन्थियो अनि कैलिको सबै कैलो कपाल उखेली दिन्छु भनि भुत्ल्याउनु आउथियो ।अरु बेला भन्दा पनि दसैं तिहारमा , घरमा रुद्री पुजाहरु गरेको बेलामा सबैले मलाई टिका लगाएर दक्षिणा दिएर खुट्टा ढोकेको देख्दा आमा बुवासङ
`किन दिदीलाइ मात्र छोरी बनाएको? मलाई किन छोरी नवनाएको? भनेर झगडा गर्ने गर्दथियो उ।अनी उस्को त्यो रिस मेरो कपाल माथि आएर खनिन्थियो ।मलाई हिजै जस्तो लाग्छ त्यो दिन घरमा सत्य नारायणको पुजा थियो ।पुजा सकेर बुवाले ,आमाले सबै कन्य केटीहरुलाइ टिका लगायेर ढोक्नु भयेको थियो ,त्यसबेला त मधुले कसैलाइ केहि भनेन तर राती म सुते पछि देउता थानमा बलिरहेको मैनवत्ती ल्याएर मेरो कपाल जलाउने प्रयास गर्यो उस्ले । बाल बुद्धी न हो लामो कपाल भएकोले गर्दा नै म केटी भएकिले सबैले मलाई माया गरेर पैसा दिन्छन ,मेरो कपाल जलायो भने उस्को जस्तै छोटो हुन्छ र मलाई माया नगरि उस्लाइ बदी माया गर्नेछन भन्ने सोचेको थिएछ उस्ले । धन्न रात धेरै भैसक्यो दुध पिएर सुत भन्नलाइ भाइलाइ खोज्दै आमा मेरो कोठा आइ पुग्नु भएछ । लामो कपाल भएको हुंदा आमाले सधैं दुई चुल्ठो बाटी दिनु हुन्थियो मेरो ।म मस्त निदाइ रहेकी थिए कान्छुले त मेरो एउटा चुल्ठो तानेर सल्काउनु खोज्दै रहेछ (कान्छो भएकोले माधवलाइ बेला बेलामा हामी मायाले कान्छु भनेर पनि बोलाउने गरछौ ) ।

कान्छु के गरेको यस्तो` भनेर दुधको ग्लास फालेर मोम बत्ती खोसेर निभाइदिनु भयो आमाले ।तर पनि अलिकति टुप्पो त जली हालेछ ।आमाको चिच्चाहटले म पनि ब्युझि सकेकि थिये ।धन्दा गर्दै गरेकि कान्छी दिदी पनि दौडदै आउनुभयो ।आमा रुदै हातैले मेरो डडेको रिबिन निभाउदै हुनुहुन्थियो ।म पनि आत्तिएर रुन थालेकी थिए ।बुवा र दाई भने पूजा सके पछि पण्डित जी पुर्याउन जानु भएको फर्किनु भएको रहेनछ । त्यसबेला बुवा त्यहाँ हुनु भएको भए अवस्य पनि कान्छुलाइ होस्टेल हाली दिनु हुने थियो होला किनकि म भन्दा पाँच बर्षको ग्यापमा जन्मिएकोले गर्दा अलिक पुल्पुलिएको र अलि जिद्धी स्वभावको थियो कान्छु ।बुवा सधैं उस्लाई सधाउन होस्टेल हाल्नु पर्छ भन्नु हुन्थियो तर आमा छोरा छोरीलाई होस्टेल हाल्ने कुराको एकदमै बिरोधी हुनुहुन्थियो ।सक्ने भए छोरा छोरीलाइ बाबु आमाको न्यानो मायाबाट बन्चित राख्ने यी होस्टेलहरु सबै बन्द गरी दिन्थे म भन्नु हुन्थियो आमा।त्यो दिनको घटना आमाले बुवालाइ थाहा हुन दिनु भएन । तर भाइलाइ तर्साउन ब्यागमा लुगा सुगा हालेर
`ल कान्छी दिदी अब यो घर्,यो घरको मान्छे सबै तपाईको जिम्मा ,कान्छुले मेरो छोरीलाइ देखि नसक्ने भयो ,अब म मेरो छोरी लिएर गुप्तबास बस्नु जान्छु भनि एउटा हातले ब्याग र अर्को हातले मलाई च्यापी घरबाट निस्कियेर हिडनु भयो ।
`नजानु न आमा नजानु भनेर रुदै आमाको ब्यागमा झुण्डियो कान्छु ।
`अब देखि तेसो गर्ने कि नगर्ने?
`गर्दिन`
`अबदेखि दिदीसङ झगडा गर्ने कि नगर्ने?
`गर्दिन `
`गर्‍यो भने म छोडेर जान्छु हुन्छ?`
`हुन्छ`
आमाले गाली नगरि ,नकुटी नै कान्छुलाइ कायल पार्नु भयो।त्यो दिनदेखि कान्छुको ब्यवहारमा आश्चर्यजनक परिवर्तन देखा पर्‍यो ।तर पनि कुनै कुनै बेला सन्की हाल्थियो उ अनि आमा फेरी ब्यागमा लुगा हालेर घर छोडेर जाने ड्रामा गर्नु हुन्थियो ।क्रमश:-

No comments: