बेदनाले होइन खुसिहरूले
आज यो आंखा रसाएको छ 
मरेका छैनन कागडाका सन्तान 
त्यो बिश्वास मनमा मौलायेको छ
अराजक भिड भन्दा अलग्गै 
थुप्रै टोलि याहा आयेको छ
नेपाली सौर्य मरेको छैन
तेस्ले त्यो पनि बतायेको छ
न छ जात को बन्धन तेहा
न धर्मको सिमाना छ
देशको लागि मरि मेटने 
सबैको यौटै कामना छ 
फेरि फुकियो शंखनाद
फेरि अघोषीत युद्ध सुरु भयेकोछ  
सुतिरहेका नेपाली बाघहरु
येकै चोटि जुर्मुराई उठेकोछ
किन चाहियो नेताका भरियाहरु
किन चाहियो कुनै नागरिक समाज
नेपाललाई दुखे पछि
आफै जागे कागडाका सन्तान 
दुई हात आफ्नो मात्र होइन 
करौडौं नेपालीको हात सापट मांग्दछु  
एक पल्ट होइन दुई पल्ट होइन 
करौडौं करौडौं पल्ट सत सत प्रणाम 
ती सन्तानलाई म गर्दछु । 
परमानन्द झाले हिन्दीमा सफथ लिदा कोइ चुइक्क नबोले पछी  देशमा सांच्चै नेपाली देश भक्तको कमिनै भैसकेको हो त ?बिदेशिको इशारामा नाच्ने नेताहरु,बिभिन्न संघ संस्थाहरुले नेपाल आमाको सबै सन्तानलाइ पंगु नै बनाइसकेको हो त ?भन्ने बिचारले मन धेरै दु:खि भयेको थियो। तेहि दु:खि मनको आक्रोश पोख्दै के के लेखे, तर आज देशभक्त नेपालीहरुले मेरो आशंकालाइ गलत प्रमाणित गरिदिये ।देशलाइ दुखे पछि कुनै दल कुनै समाज ,कुनै नेताको अगुवाइ चाहिदैन हामी आफै जुरमुरायेर अगाडि बडन सक्छौ  भनि प्रमाण गरि दिये नेपालि आमाका सच्चा सपुतहरुले ।झाको बिरुद्धमा उत्रिएको बिरोध जुलुशले बलभद्र र अमर सिंहका सन्तान अझै  मरेका छैननन भन्ने तथ्य प्रस्टाएको छ र जबसम्म नेपाली सपुतहरु ज्युंदा छन तबसम्म यी झा जस्ता कपुतहरुले हिन्दी भाषालाई नेपालको राष्ट्रिय भाषा हिन्दी भुषालाई नेपालको राष्ट्रीय भुषा बनाउन सक्ने छैनन् भन्ने कुरा पनि  नेपाललाई गिद्दे दृष्टी लगाउनेहरुको अगाडी छर्लन्गियेको छ।त्यसैले म आज धेरै रमाएकिछु नेपाली माटो छातीमा लगाई धेरै बेर हर्षांसु बगाएकी छु ।अनि यी नेपाली सपुतहरुलाई सत सत प्रणाम गरी यो सानो कबिता अर्पण गरेकी छु।
Saturday, July 26, 2008
Subscribe to:
Post Comments (Atom)
1 comment:
धन्यवाद सगरिका जी
पोथिलाई स्यालले एक लात्ती हन्यो
तर भले चुपचाप हेरिरहयो ....
बिचरा चल्लाहरुको छातीमा दुखेछ
उनिहरु न आशु बगाउन सकिरहेक छन
न त आफ्नो आमा को पिडा मेटाउन
आफ्नै बाऊ -
जो निरह बनेर पनि शिर थाडो पार्दै
छिमेकमा मै हुँ भनेर बाशिहिड्छ
नखरा पार्छ ....हम्रो घर यस्तो
मेरी जहन यस्तो ...
मेर चल्ला चल्ली राम्रा
बिडम्बना.....
बुझ्दैन आफ्नै चल्ला चल्लिको पिडा
बुझ्दैन पोथिको मर्का
त्यसैले बिचरा बबुरा चल्ला चल्ली हरु....
उदेक मान्छन आफ्नै घरभित्र
डर मान्छन आफ्नै छायासँग
शायद.......
बलियो बाऊ भएको भय
चनाखो बाऊ भएको भय
न त आमा रुन्थिन चल्लाहरुका
न त बबुरा चल्लाहरु बास्नुपर्थ्यो
तैपनी
आफ्न साना चुच्चा र नङ तिखारेर
गौडामा कुरिरहेछन
किनकी....
फेरी त्यो स्याल
आट नगरोस उनिहरुको घरतिर ........
just try to write my view in poem
with inspired form your thought.so thanks very much for your struggle to creats a help to new NEAPL.
प्रदीप स्रि
कतार बाट
Post a Comment