Thursday, July 24, 2008

सलाम छ देशका सपूत तिमीहरुलाई


देश नेताको मात्र होइन हामी तपाईं सबैको हो ।देशको लागि गर्ने, सोचने,भ्रस्ट नेता न रोजि स्वच्छ छबिको नेता रोज्ने,दलहरुको भरिया मात्र नभै उनिहरु जो सुकै को गल्ति भये पनि घाटि समाउने हामी सबैको कर्तब्य हो।तर के गर्ने हामी सबै दलको भरियै मात्र त रहेछौ?चरस काण्डमा तेत्रो मुछियेको भ्रस्ट मान्छे लाइ देसको उपरास्ट्रपतिमा उठाउदा पनि कोइ चुइक्क बोलेको होइन ।
अझ तमासा त यो भयो कि उपरास्ट्रपति भन्ने त्यो जन्तुले रास्ट्रको तेस्तो गरिमामये पदको नै बेइज्जत गरे हिन्दी भाषामा सफथ ग्रहण गरेर, जो चोर उस्कै ठुलो स्वर भनेको सायद यहि नै हो ?कालो धसेर सहर घुमाउनु पर्ने मान्छे लाइ रास्ट्रको ताज लगाइ दिये पछि येस्तै हुन्छ।यती हुदा पनि कोइ नेपाल आमाको सपुत निस्कियनन, येक शब्द कोही बोलेनन झाको त्यो कुकृत्यको बिरोधमा ।मात्र कलेजका भाइ बहिनीहरुले गरिरहेको आफ्नो बन्दलाइ थाती राखेर भये पनि झाको पुत्ला जलाउने साहास गरे र एकिकृत नेपाल राष्ट्रिय मोर्चा नामक एउटा सानो दल ले बिरोध ग्यापन गरी आफ्नो राष्ट्र प्रेमको उधाहरण प्रस्तुत गरे ।हुन त चक्का जाम,टायेर बालेर बातबरण दुषित गर्ने कुरामा मेरो सहमति कहिले रहेन तर आज यी बिध्यार्थी भाइ बहिनीको यो बिरोधलाइ म सिर झुकायेर सलाम गर्दछु। यी सो कल्ड ठुल ठुला सन्चार् माध्यमहरु ,नागरिक समाज भनौदाहरु र राजाको खेदो खनेर कहिले नथाक्ने प्रबुद्ध बर्गमा गनिएका खगेन्द्र सङ्रौला,हरि रोक्काहँरु कुन दुलोमा पसेर सुती रहेका छन कोनी? कि दक्षिण को इसारामा मात्र बोल्ने र जे बोल्दा गोजी गरुङ्हो हुन्छ तेही मात्र बोल्छन यिनीहरु भनेको कुरा सत्य हो?

No comments: