Sunday, July 20, 2008

रास्ट्रपति?

सुन्दै छु देश मा फेरी
चुनाव हुँदै छ रे
को बन्ने हो रास्ट्रपति तेहा
तानाबाना तेस्को बुनिदै छ रे
फेरी षडयण्त्र फेरी मोलतोल्
फेरी खुट्टा ताना तान्
को भन्दा को कम छन तेहा
दिन्ररात शब्द् बाणकै हान हान ।
कहिले बन्ने हो नयाँ कानुन
कहिले बन्ने हो संबिधान
कस्ले सुन्ने हो अब यहाँ
भोका नाँगाको पुकार
हिजै फेरी कती अकालैले मरे रे
बाटो राम्रो नभैदिदा त्रिसुली मै परे रे ?
कहिले आउने हो नयाँ बजेट
कहिले बाटो बन्ने हो
कहिलेसम्म बटुवा अझै याहा
त्रिसुलीमा पर्ने हो?
आज पनि कसैले कसैलाइ
गोली हानेको खबर आयेको छ
फेरी कुनै नारीले त्याहा
चुरा आफ्नो फुटायेकी छ
कहिलेसम्म दागीने हो छाती
कहिलेसम्म चुरी फुटाइने हो?
यो अन्याय अत्याचार रोक्ने
कानुन कस्ले त्यहाँ बनाउने हो?
कहिले भित्ते ,कहिले टिके
कस्तो राष्ट्रपतिको खिचातान हो?
कुनै पपेट हुँदैन रास्ट्रपति
रास्ट्रपति सिङो राष्ट्रको पहीचान हो ।

No comments: