हिजो मावोबादिले सुदको दौड़धुपको कारण नै एमालेलाई लोप्पा खाएको हो भन्ने संका भये पनि उस्ले गिरजा बाबुलाई मात्र
भेटेको कुरा बाहिर आएकोले ठोकेरै भन्न मिलिरहेको थिएन तर साझसम्ममा र का एजेन्ट आलोक जोशी प्रचन्डको निवासमा गै प्रचन्डलाई भेटेको र त्यो भेट पछी नै अप्र्यासित रुपमा एमालेसँगको सहकार्य तोडिन् गएको हो भन्ने कुरा बाहिर आएको (स्रोत-नेपाल प्लस http://www.nepalplus.com/) ले त्यो सहमति तोडिनुमा किन र कस्को प्रमुख भूमिका रहन गएको छ भन्ने कुरा स्पष्ट हुन आएको छ । हिजो एक जना साथीसँग मेरो चाटमा कुरा भएको थियो वहाँले हाम्रा यि नेताहरुले राजनीति गर्नु नै जानेका छैनन भन्दै हुनुहुन्थियो तर म के भन्छु भने हाम्रा नेताहरु राजनीति नै गर्दैनन यिनीहरु त केवल दलाली गर्छन् बिदेशिको दलाली बिदेशीकै ईशारामा याँहा कुर्सिको किन बेच हुन्छ आफ्नो स्वार्थ सिद्ध गर्न र जनाताको आँखामा छारो हाल्न यिनीहरु सहमतिमा आएर देखाउछन, हामी एक हौ हाम्रो एकता कहिल्यै टुटने छैन जस्तै गरेर देखाउछन तर वास्तवमा त्यो सबै नाटक मात्र हुन्छ। देश नै सर्वोपरी भएको भये पो यिनीहरु आफ्नो हित त्यागेर देशको मुद्दामा एक हुन्थे ,देश भन्दा आफ्नो सत्तामोह मा लिप्त यिनीहरुले संबिधान सभाको सफलता नयाँ संबिधानको निर्माणलाई गौण बनाएर सरकार गठनलाई नै प्रमुखता दिये जस्को फलस्वरुप राष्ट्रपति जस्तो गरिमामये पदलाई पनि सडकमा देखाउने मदारीको खेल जस्तै बनाएर छाडे। आफ्नो आफ्नो ईशारामा नचाउन ३ दलले ३ वटा राम नाम गरेका बाँदर फेला परेका छन तर यि ३ बाँदरलाई पनि ताना तान गरेर सहजै राष्ट्रपतिको माला कुनै एउटाको घाटीमा लाउन देलान जस्तो चाँही लागेको छैन मलाई तपाईंहरुलाई कस्तो लाग्या छ को नि?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment