Thursday, July 17, 2008

नया नेपालका नायक

नेताहरुको छेपारे निती त हामीले सधैं देख्दै आएको हो। देशमा थुप्रै दल भयेता पनि सात दलको हाली मुहाली भएको सन्सदमा ३ ठुला दलको नै निर्णायक् भूमिका रही आएको छ । संबिधान सभामा गणतन्त्र घोषणा भएको दिनदेखी आज सम्म दलहरु सभापतिको प्रश्नमा सहमतिमा आउँलान सरकार बनाउलान अनी देशले केही राहत पाउला भनी बडो आसाले हेरी रहेका छन जनता तर यी ३ दल कहिले मिल्ने कहिले नमिल्ने नाटक गरेर जनतालाई हल्लाई रहे, आजका so caldमहान नायक प्रचन्डले हिजो मात्र मिडियालाई एमालेसँग आफ्नो सहमति भै सकेको कुरा बतायेका थिए ,तिन दल नमिले पनि यी दुई दलको सहमतिमा एउटा राष्ट्रपतिको नाम प्रस्तावित भयो भने पनि अरु सहमतिमा आउन तेती गाह्रो नहोला भनेको त आज मावोबादिले एमालेलाई लोप्पा ख्वाइ हालेछ । रामराजाको नाममा समर्थन जनाएर । माधव नेपालको नाममा असहमती त एउटा नाटक मात्र हो । यदि एमालेले साहना प्रधानको नाम या अरु कुनै को नाम प्रस्तावित गरेको भये पनि अन्तमा मावोबादिले रामराजा लाई नै राष्ट्रपतिको ताज पहिराउने थियो।यो ग्रान्ड डिजाइन् आज हो र उहिले दिल्ली मै बनी सकेको हुनुपर्छ । र हिजोको सुदको यता उतिको भागदौडले येस्लाइ अवस्य अझ टेवा पुर्याउने काम गरेको छ। भोली गएर यदि रामराजा नै रास्ट्रपति बन्यो भने (बनी त हल्ला नि) नेपालको बिखण्डललाई शायद भगवानले पनि रोक्न सक्ने छैन।गहिरो निन्द्रामा सुत्नु भएको नागरिक र डलरको सिराने लगाएर सुत्नु भएको नागरिक समाज ब्युझिनोस है प्लिज मेरो बिन्ती -यसै सन्धर्वमा एउटा ताजा कबिता -

नेता -
कागडाका सन्तान तिम्रो आत्मा
मरीगयो कि क्या हो
तिम्रो छिमेकिले तिमीलाई
अब धोती ओडाउने भो
कतिमा बेच्यौ आफुलाई
कतिमा अब आमा बेच्ने छौ
च्यातिएको आमाको अस्मिता
लाक्षी भै कती हेर्नेछौ
जनता-
लास आफ्नै काध थापी
कती अरु बाच्छौ तिमी
सान्तिको नाममा कती
आँफैलाई ढाटछौ तिमी
कुकूर पनि त भुक्छ
यहाँ लात्तिले हानिदामा
चिथोर्छ बिरालो ले नि
ढोका यहाँ थुनी दिदामा
कुकूर बिरालो भन्दा
गये गुज्रे तिमी नबन
मर्ने परे थाप छाती
मर्नु अघी कायर भै नमर

No comments: