Wednesday, July 23, 2008

क्रमश:- सौतेनी आमा (अंक -३ )

भनिन्छ ईस्वर सबै ठाउंमा पुग्न नसक्ने भएकोले नै ईस्वरले आमाको सृष्टि गरेका हुन ।अरुको त म भन्न सकदिन तर ईस्वर भन्दा पनि पर कोइ मायालु, दयालु सक्ति हुदो हो भने त्यो सायद मेरो आमा कै स्वरुपको हुनेथियो ।किनकी ईस्वरको अगाडि पनि कति याचकहरु कति पल्ट खालि हात फर्कियेका होलान्। तर मेरो आमाको अगाडि आयेर आफ्नो दुख पोख्नेहरु कहिलै खालि हात फर्कियेन बुवासंग कतिपल्ट आमाको तेही कुरामा झगडा पनि हुने गर्दथियो ।
झगडा के भन्ने? बुवा कराइ रहनु हुन्थियो आमा भने हाँसेर अरु अरु नै कुरा गरेर टार्ने प्रयास गर्नु हुन्थियो ।बुवा लाइ नपुग्ने केही थिएन पुर्खौली सम्पत्ति प्रसस्त थियो ।त्यहिमाथि आफ्नो एउटा ट्रान्सपोर्ट कम्पनि चलाऊनु हुन्थ्यो,जस्मा चलाइने ट्रक बाट घर बसी बसी लाखौं कमाउनु हुन्थियो । तर पनि उहां पैसाको मामलामा धेरै सचेत हुनुहुथियो ,छ भन्दैमा मनपरि खर्च गर्ने?दुख पायो भनेर जो जो ढोकामा आयो उस्लाइ दिनथाल्यो भने कुबेरको खजानाले पनि पुग्दैन भन्नु हुन्थियो ।
`हामीसंग छ र त दिन्छौ न भयेको भये के दिन्थौ ?हामीसंग नभयेको भये कसैले माग्ने पनि थियेन । ईस्वरले पनि उनैको साहयता गर्छन जस्ले अरुको सहयाता गर्दछ`आमाको धारणा भने येस्तो थियो।धेरै जस्तो सहयोगको काम बुवाको जानकारि बिना नै हुने गर्दथियो तर पनि सबै काम बुवाकै नाममा गर्नु हुन्थियो आमा तेसैले गांउलेहरु सबै आमालाइ हाम्रो गांउको मदर टेरेसा भन्थे भने बुवालाइ देवदुत भन्दथिये ।सारा गाउंलेले देवदुत नाम दियेको मान्छे ,मेरो आमाले ईस्वर सरि दिनरात पुजेको मान्छे यक दिन आयेर आफ्नै साली पर्ति आसक्त भयेर सबैको बिश्वासमा बिस्वासघात गर्लान भन्ने कस्लाई थाहा थियो र?
त्यो रात अनेक कौतुहलता लियेर आयेको थियो मेरो लागि जुन कौतुहलता भविष्यमा गयेर मेरो कलिलो सपनाहरुलाइ नै रौदियेर अगाढि बदने छ भन्ने कल्पना पनि थियेन मलाई।बिहान मिठो निद्रामा आमाको मायालु स्पर्ष आफ्नो निधार भरि महसुस गरिरहेकि थिये म।
`रागी` उठ स्कुल जान्नौ कि क्या हो आज अबेला भै सक्यो?कान्छी दिदीको कर्कश स्वरले मेरो त्यो मिठो अनुभूति को सत्यानास गरिदियो ।
सधै बिहान सुस्तरि ममता को मिठो चुम्बन मेरो निधार भरि अन्कित गरि दियेर `उठ नानु‘ बिहान भयो ` भन्दै आमाले उठाउनु हुन्थियो । मैले भनि हाले नि ११ बर्ष कि ढाडे मान्छे म तर आमाको अगाडि म ६ बर्षको मेरो सानो भाइ भन्दा पनि लाडे पल्टिन्थे । कति पल्ट त ब्युझि सकेर पनि निदायेको अभिनय गरेर म आंखा चिम्लियेर पल्टिरहन्थे । दश काम छाडेर आमा मलाई उठाउनु आउनु हुन्थियो ।न आइ धरै थिएन म उठने भए पो?
अनि आमा केहि कामले उठाउन आउन डिला भयो भने म खाजा नखाइनै स्कुल कुदथिए ।अनी त्यो दिन आमा पनि खाना नखाइ भोकै बस्नु हुन्थियो। त्यो दिन कान्छी दिदीको सट्टा आमा आफै मलाइ टिफिन पुर्याउन स्कूल आउनु हुन्थियो।आफनै हातले खुवाउनु हुन्थियो । म स्कूलबाट घर नफर्किनज्याल आमाको आंखा ढोका मै टांसियेको हुन्थियो। अनि जब म घर पुग्थिये त्यस्बेला आमाको ममताको बर्षात हुन्थियो म माथि ।उफ त्यो , माया त्यो ममता कसरी पोखु यो निर्जीव पानामा म?त्यो स्वर्गिये आनन्दको अनुभूति पोख्न न सब्द छ मसङ् न लेख्नलाइ यो कलममा सामर्थ नै होला? क्रमश;

3 comments:

Anonymous said...

हेल्लो सागरिका बहिनी!
धन्यवाद तपाइँको Response को लागि। र पुन: धन्यवाद आफ्नो ब्लग को Layout Change गर्नु भएकोमा। तपाइँको 'सौतेनी आमा' को शुरुवात(Head) त राम्रो छ, आशा राख्छु, कथाको body र tail पनि यस्तै शैलीमा अगाडि बढोस्। अनि नि बहिनी, अलि ह्रस्व-दीर्घ आदि वर्णविन्यासमा पनि ध्यान दिनु पर्ला कि? जेहोस्, प्रयास नछड्नु होला। हवस् त, फुर्सद मिले आगामी अङ्कमा भेट हौंला, अस्तु!

Sagarika said...
This comment has been removed by the author.
Sagarika said...

धन्यवाद भोज राज ज्यु ,म सधैं यहाँको स्वच्छ comments को स्वागत गरि रहिरहनेछु। And i promise you i try my best.