कान्तिपुरको  लोकप्रिय कार्यक्रम मद्धे भविष्य दर्पण पनि यौटा लोकप्रिय कार्यक्रम हो ।
आफ्नो छोरा छोरी  दाज्यु भाइ सबैको भविष्य बारेमा उपत्यका भित्र अनी बाहिर 
टाढा टाढा बाट  फोन गरेर  सोधिन्छ यो कार्यक्रममा ,सबै भन्दा कमन्  प्रश्न चाहि फलानो 
बिदेस जान सक्छ कि सक्दैन ,बिदेश जाने योग छ कि छैन` भन्ने नै हुन्छ। आज  पनि 
त्यस्तै येकजना  आमाको  मेरो छोराको बिदेश जाने योग छ कि छैन भन्ने प्रश्न भविष्य
 दर्पणमा सुनेर यो सानो कबिता ति आमाको नाममा । 
(तपाईहरुलाई कस्तो लाग्यो भन्नुस् है अल्छि नमानी)
 देशले रगत मागे अरुकै बलि चडाउनु 
रुनेछिन मेरी आमा नव नेपाल कि छोरी
खै कागडाका सन्तान? उहिले मरिसके ति 
अहिले जो छन सबै नेपाली नै कहाँ हुन? 
कोइ जापान त कोइ क्यानाडा भासिएछन 
जो जती छन सब यहाँ D.V त्यो भर्दैछन  
पहिले बिदेश जादा रुने आमाहरु  
कहिले जान्छ छोरा बिदेश भन्दै
अहिले दिनरात धुपौरो ति गर्दैछिन  
ममताका त्रिष्णाहरु नोटैले पुर्दैछिन  
सुरा सुन्दरीमा ब्यस्त  युवाहरु सब 
डोराउने दरो हात नहुँदा खाल्डोमा पर्दोछन 
बामे नसर्दै छोरा आमा चिनो देखाउछिन
नजाने होकी बिदेश भन्दै सुर्ताउछिन 
क ख नसिक्दै बाबा ए फर बि फर सिकाउछन 
अङ्रेजी सिके बिदेस जानु पाइन्छ भनी सधांउछन 
देशले सपुत मागे कान्तिपुरमा बिज्ञापन गर्नु     
डलर बोक्न सबै  बिदेस लागे छन भन्नु  
देशले रगत मागे अरुकै बलि चडाउनु 
रुनेछिन मेरी आमा नव नेपाल कि छोरी
Tuesday, July 22, 2008
Subscribe to:
Post Comments (Atom)
2 comments:
सगरिक जी राम्रै दनक दिनु भ्एछ आजको आमाहरुलाई ,आमा मात्र होइन श्रीमतिलाई पनि लेख्नु पर्ने । आज १२ बर्ष भयो जापान आको। एक बर्ष को छोरो छाडेर आएको अहिले छोरो बिहे गर्ने बेला भै अब फर्किएर आउ भन्छन कि भनेको ?एत्रो बर्ष बसी हलेउ अब देशको स्तिथी एस्तो छ अझ केही दिन उतै बस भन्छन बा । देशको स्थिती म आउने बेलामा पनि यस्तै थियो ,अब म के आन्तन्ककारी हो देश फरकन नमिल्ने? उनिहरु चाँही तेही बसिरहेछन ,मा चाँही फर्कनु नहुने कुरो सबै एही दलर कै त आयो ।
mitra Jaye tapaaiko kura 100%thik chaahi hoin hai .Sreematile nabhanla tar aamaale ta bhanchha hai malaai ta ghar phone garnu hunn mero aamaale ahile aaij bholi aaij bhaner runu hunchha.
Post a Comment