Monday, July 7, 2008

मेरो सुस्ता रोइरहेको छ

{मित्रहरु माफ गर्नु होला हिजो अस्ती दुइ दिन यौटा जरुरी काममा ब्यस्त भयेकी हुदा केही लेख्न सकिन ,आज फेरी यौटा सानो कबिता लिइ यहाँहरु सामु उपस्थित भएकिछु कस्तो लाग्यो भन्नुस ल}


म जन्मियेको मेरो थलो

अली अलि गर्दै हराउदै छ

पोल हरायो, साध हरायो

अब आफै हराउने तैयारी मा छ
गण्डकी हरायो,कोशी हरायो

अब मेरो गांउ हराउने तैयारिमा छ

गाउको मुखिया सिनो दुकुवा

जन्मैले ती हड्डी लूछुवा
कहिले यता ,कहिले उता

राल चुहाउदै कुइ कुइ गर्दै

बिदेशी रछानहरुमा लाज पचुवा ,

आत्मा बेचुवा

बिदेशिको तलुवा चाटनै ब्यस्त

हेर न साथी मेरो गांउ माथी

दुस्टले आंखा लगाइ गो

कानुनी किताब च्यत्तियेछ क्यार

हत्यारा कई जय जयकार भो
माहा भारत को द्रोपती को पीडा

मेरो गांउ भोगी रहेछ
आफ्नैहरुको धोकामा परी
चिरहरण उस्को भैरहेकोछ
पोल हरायो,साध हरयो
अब उ आफै हराउने तैयारिमा छ
कोही कृश्न बनी बचाइ देउ साथी
मेरो सुस्ता रोइरहेको छ
गण्डकी हरायो,कोशी हरयो
अब मेरो देश हराउने तैयारिमा छ

1 comment:

Anonymous said...

sagarika bahini yo kabitta le aaj dekho bastbikata dekhayeko chha .sarai ramro lagyo ajhai yestai lekhnu hola