
नादान् म बुझन सकिन छुरा धंस्ने हातहरु
आफ्नो सम्झी माला लगाये सबै घात प्रतिघातहरु
कसरी तर्ने पार यहाँ कागजको नाव चडे पछी
दोष अब कस्लाई किन? जानी जानी बिष पिये पछी
को सँग अब ,के को आसा ?मानिस पत्थर भये पछी
ज्युदों यहाँ भनु म कस्लाई सबको आत्मा मरेपछी
कहाँ कोसँग फरियाद गर्ने सबै बहिरो बने पछी
कहाँ माग्ने न्याय अब न्यायलय नै बन्द गरे पछी
त्यसैले ,
जिन्दगीलाई रेस ठानी दौडन सुरु गरी सके
ब्यथाहरुलाई नियती ठानी मनलाई पनि सिई सके
काडै काडाको सहरहरु माझ अब काडा बन्नु छ
पाइला मेरा लहुलुहान भये हाँसी हाँसी कूदनु छ।
हार्न अब केही छैन जितसँग मितेरी लगाएकी छु
जुनलाई नि पत्थर ठानी घामसँग प्रिती बसाएकी छु ।
Note-जुलाई २ -२००८ मा माइ संसार मा बिनोद धौलागिरी ज्यु ले लेख्नु भएको
बहिनी डबली, माफ गर भन्ने लेख पड़े पछी तिनी
जस्तै अन्य अरु थुप्रै थुप्रै डबली बहिनिहरुलाई समर्पित यो कबिता
3 comments:
hune biruwako chillo pat bhaneko yestai hola .bdo ramro lekhnu bhyecha poem.bado ghat lagyo na hunu galti bhai halyo dabali bahini le pani pahile sochinan ab kadaama teker sansarlai jattai tyo chora hurkaunu parchha tinle sansarama tauko uthayer bachne banaunu parchha.
Dhanyabad Anonymous JYu
सरिका जी महिला हरुले क्षृगाअररस र प्रेमका आफ्नो रुन्छे कबिता मात्र लेखेको देखेको थिये अरुको लगी उधर्निये बने येक प्राकर्को ब्यङ जस्तै रहेछ यो कबिता धेरै राम्रो लज्ञो फेरी येस्तै लेखी रहनु होला
Post a Comment