
चाहिएन फगत मदेश साथि
नत फगत पहाड नै चाहिएको छ
नेपाली गौरब लिएको नेपाली हुं म
मलाई सिङो एउटा नेपाल चाहिएको छ
यहाँ को मधेशी को पाहाडी?
सबै हामी हौ पहिले नेपालबासी
जहाँ जहाँका जो हामी छौ
एउटै माटोमा हुर्किएका छौ
एउटै पानीले सिचिएका हौ
एउटै सुगन्ध छ यो शरीरमा
नसा नसामा नेपाल बग्छ
को पहाडी को मधेशी
हामी सबै हौ नेपाली
नेपाली नेपालीमा भेद जो गर्छ
नेपालीपनको खोल ओडेका
हुन ति पक्का राष्ट्रघाती
हामी सबै हौ नेपाली
नेपाली नेपालीमा भेद जो गर्छ
नेपालीपनको खोल ओडेका
हुन ति पक्का राष्ट्रघाती
देश जो टुक्राउन खोच्छन
देशमा बिखण्दन रोज्छन
राष्ट्रघाती राष्ट्रघाती
पक्कै ति हुन राष्ट्रघाती
{हिजो पनि संबिधान सभाको बैठक पूर्ण नभएको समाचार सुने पछी मेरो एक जना मित्र ले यो तीन जनाको तस्विर देखाएर के गर्न खोजेका हुन यिन्ले?के यिनिहरुले देशको भलाई गर्न खोजेकै हुन त ? के यिनिहरु साच्चैका देशभक्त हुन आदी इत्यादी प्रश्न गर्नु भएको थियो मैले एउटै वाक्य भने ति हुन राष्ट्रघाती}
No comments:
Post a Comment