Wednesday, July 9, 2008

क्षमा याचना

भोज राज ज्यु अनी अन्य मित्रहरु माफ गर्नु होला तपाईं हरुको comments moderateगरेर राख्न खोज्दा खोज्दै शायद धेरै लोड भएर होला मेरो computer heng भएर सबै delete भएछ मैले राख्न नचाहेको चाँही होइन ,अन्यथा नठान्नु होला,म जस्तो सिकारुलाई २ शब्द तपाईंहरुले drop गरिदिनु त मेरो सौभाग्य हो।मलाई यो युनिकोडमा रुपान्तर गरेर लेख्नु फलाम चपाउन जस्तो भएको छ ।एक त समयको अभाव ।तेही माथि लेख्यो लेख्यो कहिले काही अचानक delete भैइदिन्छ। भाषिक सुद्दा सुद्दी पनि मिलाउदा मिलाउदै कती ठाउमा गल्ती हुन पुग्दो रहेछ ,तेस्को लागि पनि माफि चाहन्छु। Blog को रङ देखी पनि साथीहरुलाई चित्त नबुझेको रहेछ , सादा सेतो रङ राख्न मलाई कुनै आपत्ति छैन तर सेतोले धेरै आँखा खाने र हरियोले आँखालाई सितलता दिन्छ भनेर नै मैले हरियो रङ राखेकी हुँ अनी आँखा कमजोर हुनेलाई पडन सजिलो होश भनेर ठुलो अक्षर राखेकी हुँ। तपाईंहरुलाई परिवर्तन गर्दा नै राम्रो भन्नु हुन्छ भने म परिवर्तन गर्न तैयार छु के गर्दा राम्रो हुन्छ भन्नु होला। राम्ररी पडन नपाई नै Delete भयो, अन्जानमा भएको भुल सम्झी फेरी आफ्नोcomments दोहराएर पठाइ दिनुहोला please ।

No comments: