Tuesday, July 1, 2008

समय आज बन्दी बनेको छ

समय आज बन्दी बनेको छ ।
चारैतिर जेल नेल सांग्ला हरु ,
घृणा द्वेस स्वार्थ छल बलहरु ।
समय लाई अन्त गर्न ,
साम दाम दन्ड भेद सब
लिएर लागि परेका छन ।
जान्दैनन मुर्खहरु समय को
अन्त भन्नु
क्षृष्टी को नै अन्त हो भनेर
समय लाई बांध्छु भन्नु,
सुर्य लाइ हत्केलाले छेक्छु भन्नु
चन्द्रमासङ् भकुन्डो खेल्छु ,
भन्ने बालहट जस्तै हो
समय र समुन्द्रलाई
यहां कस्ले बाध्न सकेकोछ?
क्षणिक त्यो ग्रहण ले
सुर्य को अस्तित्व कहाँ मेटिन्छ ?
रात जती नै अध्यांरो होस्
बिहानि त हुन्छ नै ।
घडी भित्र बन्द भएर के भयो
समय त गती मा चली रहन्छ नै
याद राख अती भयो भने खती हुन्छ
धेरै उम्लियो भने त्यो पोखिन्छ नै
त्यसैले,
फुकाइदेउ अब सबै बन्द मुठ्ठिहरु
मन संग माया साटी देउ
यो तेरो,यो मेरो भन्ने बिर्सिएर
एकता को बिगुल फुकिदेउ
छ अझै भित्र त्यो कतै
अङुलिमार भने,भष्म गरी
बुद्धत्वको त्यहाँ बिउ त्यो छरी देउ .

3 comments:

Anonymous said...

dearai ramro kabita aaj ka nata haruko ghaitoma lage ta hune

Anonymous said...

Bideshiharoo lagi nikai byangya marnubhayako rahechha . ma pani ak bideshi bhayako karang yash kabitamathi thap prabhit banna puge. tara kina bidesinu badhya chha ta Nepalihaho sochnuhosh ta ak patak?

Sagarika said...

Uddab Niraula ज्यु मलाई अचम्म लाग्यो मैले बिदेशिनु भएको दाजु भाइलाई त एक् शब्द केही भनेकी छैन किन तपाईंलाई त्यस्तो लाग्यो कोनी? यकपल्ट् फेरी दोहोरएर पदनु न ल।